
काठमाडौँ । विद्यालय शिक्षा विधेयकमा शिक्षक सेवा प्रवेशको उमेरहद ४० वर्ष पुर्याउनुपर्ने लगायतका मागहरू नसमेटिएको भन्दै सरोकारवालाहरूले आन्दोलनको घोषणा गरेका छन्। ‘४० वर्ष उमेरहद र तहगत शैक्षिक योग्यताक्रम माग राष्ट्रिय संघर्ष समिति’ ले आफ्ना मागहरू सम्बोधनका लागि दबाब दिन आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।समितिले आफ्ना सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई घोषित विरोधका...