शिक्षक आन्दोलनपछि सामुदायिक विद्यालयमा विद्यार्थीहरुको संख्यामा कमी

Author

सजिलो पत्रिका

२०८२ वैशाख २७, शनिबार

45
Share1
Featured

जनकपुर

शिक्षक आन्दोलनपछि सामुदायिक विद्यालयहरुमा नयाँ सत्रका लागि भर्ना गराउन आउने विद्यार्थीहरुको संख्यामा कमी आएको छ ।

अहिले नयाँ शैक्षिक सत्र २०८२ का लागि विद्यार्थी भर्ना अभियान जारी रहेको छ । यसै क्रममा धनुषाका सामूदायिक विद्यालयहरुले पनि विद्यार्थी भर्ना अभियान जारी राखेको छ । तर गत वर्षको तुलनामा यस वर्ष विद्यार्थीहरुको संख्यामा कमी आएको जनकपुरधामस्थित ज्ञानकुप विद्यालयका प्रधानाध्यापक संजय झा बताउँछन् । 

उनले अहिले कक्षा कक्षा ४ देखि ९ सम्मको विद्यार्थीहरुको भर्नाका लागि ११ सय  जनाको आवेदन आएकोमा प्रवेश परीक्षामा जम्मा ९ सय जना मात्र सहभागी हुन आएको बताए । यो संख्या पहिलेको वर्षहरु भन्दा करीब ५० प्रतिशत कम भएको उनले जानकारी दिए । 

विद्यार्थीको संख्या अधिक भएका कारण गत वर्षहरुमा २ देखि ३ चरणसम्म प्रवेश परीक्षा लिनुपर्ने हुन्थ्यो तर यस वर्ष अधिकांश परीक्षा कोठाहरु खाली रहेको प्रधानाध्यापक झाले बताए । विद्यार्थीको संख्यामा कमी आएतापनि त्यसले शैक्षिक गुणस्तरमा कुनै कमी नआउने उनको भनाई छ । शिक्षक आन्दोलनका कारण १८ दिनको अन्तर आएतापनि वर्षे विदा, हिँउदे विदा, सार्वजनिक विदाहरुमा समायोजन गरेर विद्यार्थीहरुलाई पढाउनुपर्ने क्रेडिट आवर पुर्याईने उनले जानकारी दिए ।

देशैभरिका शिक्षकहरुले विभिन्न माग राख्दै गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरेका थिए । सो आन्दोलनका कारण शैक्षिक वर्ष, भर्ना अभियान, एसईईको नतिजा र कक्षा १२ को परीक्षा प्रभावित भएको थियो ।


यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जिडिपीको तुलनामा बजेट सानो हो- अर्थमन्त्री वाग्ले

    काठमाडौँअर्थमन्त्री डा स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट महत्वाकांक्षी नभएको बताउनुभएको छ । आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले बजेटको आकार सानो नभएको बताउनुभयो ।“विगतका वर्षमा बजेट आएपछि बजेट राम्रो भए पनि कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने बहस हुन्थ्यो, तर यसपटक त्यस्तो अवस्था छैन, बजेट महत्वकांक्षी छैन,

    Data is loading...

    Loading brands...

    Loading footer...