
काठमाडौँ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ४५३ जना सवारी चालकलाई कारबाही गरेको छ। यस कारबाहीबाट ११ लाख ५१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा पर्नेहरूमा मादक पदार्थ सेवन (मापसे) गर्ने १०५, राइड सेयरिङका २३८,...