मोटरसाइकल चोरीमा संलग्न एक व्यक्ति ट्राफिक प्रहरीको नियन्त्रणमा

Author

सजिलो पत्रिका

२०८२ माघ २०, मङ्गलबार

20
Share
Featured
  • भक्तपुरको सूर्यविनायक–८ बाट चोरीको मोटरसाइकल नम्बर परिवर्तन गरी चलाइरहेका २६ वर्षीय समिर त्वाटीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
  • उक्त मोटरसाइकल काठमाडौंको धुम्बाराहीबाट हराएको भनी धनीले खोजतलासका लागि निवेदन दिएका थिए, र अनुसन्धानका लागि अभियुक्तलाई प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ।
  • प्रहरीले सवारी चोरीबाट बच्न सुरक्षित पार्किङ, विभिन्न लक प्रयोग गर्न र सवारी हराएमा तुरुन्त १०३ वा १०० मा सम्पर्क गर्न अनुरोध गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ बाट सोमबार चोरीको मोटरसाइकलसहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा पर्नेमा सुर्यविनायक नगरपालिका–८ निवासी २६ वर्षीय समिर त्वाटी रहेका छन्। उनले बागमती प्रदेश ०२–०२९ प २५९९ नम्बरको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०३३ प १२८७ नम्बर राखेर चलाइरहेका अवस्थामा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

उक्त मोटरसाइकल काठमाडौँ महानगरपालिका–४, धुम्बाराहीबाट हराएको भनी सर्लाहीको कबिलासी नगरपालिका, सर्लाही–२ निवासी प्रकाश सिंहले खोजतलासका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए।

मोटरसाइकलसहित नियन्त्रणमा आएका समिर त्वाटीलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

प्रहरी उपरीक्षक सुवेदीले सवारी साधन चोरीबाट बच्न सुरक्षित स्थानमा पार्किङ गर्न, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक तथा सुरक्षा साइरन जडान गर्न र मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा सवारी साधन पार्किङ नगर्न सबैलाई अनुरोध गरेका छन् ।

सवारी साधन खोजतलास तथा चोरी नियन्त्रण कार्य निरन्तर जारी रहे पनि सवारीधनी स्वयं सजग भई सुरक्षित स्थानमा पार्किङ गर्नुपर्नेमा उनले जोड दिए ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ र नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै सवारी साधनको विवरणसहित फोन गर्न तथा नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने प्रहरीले जनाएको छ।

यो समाचारमा

काठमाडौँभक्तपुरनेपाल प्रहरीबागमती प्रदेश
काठमाडौँ महानगरपालिका7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुधन गुरुङबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

    काठमाडौँ।तत्कालीन गृहमन्त्री सुदन गुरुङमाथि लागेको अकुत सम्पत्तिको आरोपबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई आफ्नो प्रतिवेदन बुझाएको छ। जेठ १८ गते म्याद सकिएको समितिले पाँच दिनको थप समय लिएर प्रतिवेदन तयार पारेको हो।सम्पत्तिको स्रोत नखुलेको र अकुत सम्पत्ति जोडेको समाचार सार्वजनिक भएपछि गुरुङले गत वैशाख ९

    Data is loading...

    Loading brands...

    Loading footer...