
काठमाडौँप्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीबार सिंहदरवारमा आयोजित कार्यक्रममा ज्येष्ठ सदस्य अर्जुन नरसिंह के.सीले सांसदहरूलाई शपथ गराएका हुन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । शपथ ग्रहण कार्यक्रममा सांसदहरू विभिन्न परम्परागत पोशाकमा उपस्थित भएका थिए...