
काठमाडौँसिन्धुलीको सुनकोशी गाउँपालिका–३ जुमिडाँडा घर भई ललितपुरको इमाडोल बस्दै आएका २२ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा मृत्यु भएपछि घटनाले गम्भीर प्रश्न उठाएको छ। वैशाख ७ गते इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतभित्र विक मृत अवस्थामा फेला परेका थिए। उनको शव शौचालयको झ्यालमा झुन्डिएको अवस्थामा भेटिएको थियो। प्रहरीले विकले आफ्नै सटको पासो...