
काठमाडौँ । लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालको ऐतिहासिक अभिन्न भूभाग हो भन्ने प्रमाण नक्सा, सन्धि तथा विभिन्न ऐतिहासिक दस्ताबेजले प्रस्ट पार्छन्। तर पछिल्ला वर्षहरूमा भारतले यस भूभागलाई आफ्नो प्रशासनिक नक्सामा समेट्नु मात्र नभई चीनसँग व्यापारिक सम्झौतामा पनि प्रयोग गर्न थालेपछि विवाद चर्किएको छ।नेपाल सरकारले २०७७ सालमा नयाँ नक्सा सार्वजनिक...