भोजपुरको सिक्रेटारमा सिँचाइ पोखरी निर्माण

Author

सजिलो पत्रिका

२०८३ जेठ २४, आइतबार

6
Share
Featured
  • भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटार क्षेत्रमा सिँचाइ पोखरी निर्माण भएपछि करिब १,५०० रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको छ।
  • हालसम्म ६ वटा ठूला पोखरी निर्माण भइसकेका छन् भने थप २ वटा निर्माणाधीन छन्। यी पोखरी सिँचाइसँगै विपद् व्यवस्थापन र वातावरण संरक्षणका लागि पनि उपयोग भइरहेका छन्।
  • सिँचाइ सुविधा बढेपछि किसानहरू बदाम, आलु, प्याज, टमाटर तथा फलफूलजस्ता नगदेबालीतर्फ आकर्षित भएका छन्, जसले आयआर्जन र कृषि उत्पादन वृद्धि गर्न सहयोग पुगेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारको सुख्खाग्रस्त क्षेत्रमा सिँचाइ पोखरी निर्माण भएपछि कृषि प्रणालीमा ठूलो परिवर्तन आएको छ। पानीको अभावले वर्षौँदेखि बाँझो रहेको खेतीयोग्य जमिनलाई उपयोगमा ल्याउन स्थानीय तहले सुरु गरेको पोखरी निर्माण अभियानबाट हालसम्म करिब १ हजार ५ सय रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको छ।

वडाध्यक्ष कुमार थापाका अनुसार हालसम्म मैदाने, दुंगे, सिक्रेटार र बेलटार क्षेत्रमा ६ वटा ठूला पोखरी निर्माण भइसकेका छन् भने थप दुई वटा निर्माणाधीन छन्। यी पोखरीहरू सिँचाइका लागि मात्र नभई आगलागी जस्ता विपद् नियन्त्रण र वातावरण संरक्षणका लागि समेत बहुउपयोगी बनाइएका छन्। वडा कार्यालयले पोखरीबाट खेतबारीसम्म पानी पुर्‍याउन किसानहरूलाई पाइप समेत वितरण गर्दै आएको छ।

सिँचाइको सुविधा उपलब्ध भएपछि स्थानीय किसानहरू बदाम, आलु, प्याज, टमाटर र फलफूल जस्ता नगदेबालीतर्फ आकर्षित भएका छन्। पोखरी निर्माणले कृषि उत्पादन बढाउनुका साथै भविष्यमा पर्यटकीय स्थलका रूपमा विकास गर्ने योजना समेत रहेको वडा सचिव अशोक अधिकारीले जानकारी दिए। यस कार्यले स्थानीयको आयआर्जन वृद्धि, भू–क्षय नियन्त्रण र जैविक विविधता संरक्षणमा ठूलो सहयोग पुग्ने विश्वास स्थानीयले लिएका छन्।

यो समाचारमा

काठमाडौँभोजपुरअरुण गाउँपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    साइबर ठगी नियन्त्रण र डिजिटल साक्षरता अभियान चलाउन सांसद रञ्जु न्यौपानेको माग

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) की सांसद रञ्जु न्यौपानेले मुलुकमा बढ्दै गएको साइबर अपराध र प्रविधिमार्फत हुने वित्तीय ठगीप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सामाजिक सञ्जाल ह्याक गरी सर्वसाधारणको रकम लुट्ने गिरोहलाई तत्काल कारबाही गर्न माग गरिन्।सांसद न्यौपानेले ह्वाट्सएप ह्याक गरी आफन्तबाट पैसा असुलिएका र बैंक खाताबाट

    Data is loading...

    Loading brands...

    Loading footer...