रास्वपाको जिल्ला अधिवेशन: आज ३८ जिल्लामा नेतृत्व चयन हुँदै

Author

सजिलो पत्रिका

२०८३ जेठ २३, शनिबार

5
Share
Featured
  • राष्ट्रिय स्वतन्त्र पार्टी को जिल्ला अधिवेशनअन्तर्गत आज ३८ जिल्लामा नयाँ नेतृत्व चयनका लागि मतदान तथा निर्वाचन प्रक्रिया सञ्चालन भइरहेको छ।
  • पार्टीले आगामी राष्ट्रिय महाधिवेशनअघि ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेको छ भने बाँकी १० जिल्लाको अधिवेशन महाधिवेशनपछि गरिनेछ।
  • भुवन केसी का अनुसार स्वच्छ र निष्पक्ष निर्वाचनमार्फत तदर्थ संरचनालाई वैधानिक तथा जनअनुमोदित नेतृत्वमा रूपान्तरण गर्ने उद्देश्य राखिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी जिल्ला अधिवेशनअन्तर्गत आज (शनिबार) देशभरका ३८ जिल्लामा नयाँ नेतृत्व चयनका लागि मतदान तथा प्रक्रिया अघि बढेको छ। पार्टीलाई तदर्थ संरचनाबाट पूर्ण वैधानिक र जनअनुमोदित संरचनामा रूपान्तरण गर्ने उद्देश्यका साथ यो अभियान सुरु गरिएको हो।

केन्द्रीय निर्वाचन आयोगका अनुसार आज काठमाडौँ, भक्तपुर, झापा, मोरङ, कास्की, बाँकेरुपन्देहीसहित ३८ जिल्लामा अधिवेशन भइरहेका छन्। भोलि (आइतबार) ललितपुर, चितवन, तनहुँकैलालीसहित थप २७ जिल्लामा अधिवेशन हुने कार्यतालिका छ। विशेष परिस्थितिका कारण बारा जिल्लाको अधिवेशन र बागमती प्रदेशको अधिवेशन भने जेठ २६ गतेदेखि सुरु हुनेछ।

रास्वपाले आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनअगावै ७७ मध्ये ६७ जिल्लामा निर्वाचन सम्पन्न गर्ने लक्ष्य राखेको छ। बाँकी १० जिल्लाको अधिवेशन भने महाधिवेशनपछि गरिने निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए।

निर्वाचन प्रक्रियालाई निष्पक्ष बनाउन प्रत्येक जिल्लामा ३ सदस्यीय र प्रदेशमा ५ सदस्यीय निर्वाचन समिति परिचालन गरिएको छ। "हिजोको तदर्थ जिम्मेवारीलाई नै स्थायी मान्ने प्रवृत्तिको अन्त्य गर्दै स्वच्छ निर्वाचनमार्फत नेतृत्व चयन गर्न हामी प्रतिबद्ध छौँ," प्रमुख केसीले बताए। यो अधिवेशनसँगै रास्वपाको साङ्गठनिक संरचना थप सुदृढ हुने अपेक्षा गरिएको छ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीबाँकेकास्कीबागमती प्रदेश
झापा11 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन - सचेतक परियार

    काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सचेतक प्रकाश चन्द्र परियार दर्जीले रास्वपा नेपाली जनताको सेवा गरी देशको मुहार फेर्ने उद्देश्यका साथ राजनीतिमा आएकाले यसका नेता, कार्यकर्ता या कसैलाई पनि भुइँमा न भाँडोमा हुने छुट नरहेको बताएका छन् ।आज सुनसरीको लौकहीमा रास्वपाको सुनसरी जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले रास्वपा नेपाली जनताको वास्तविक सेवक

    Data is loading...

    Loading brands...

    Loading footer...