प्रतिनिधि सभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै

Author

सजिलो पत्रिका

२०८३ जेठ १८, सोमबार

6
Share
Featured
  • प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ।
  • आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि आजदेखि सामान्य छलफल सुरु हुनेछ।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छलफल प्रारम्भ गर्ने प्रस्ताव पेश गरेपछि सांसदहरूले बजेटबारे धारणा राख्नेछन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा आर्थिक वर्ष २०८३-८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल सुरु हुने कार्यतालिका रहेको छ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘आ.व. २०८३-८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। अर्थमन्त्रीको प्रस्तावपछि सांसदहरूले बजेटका विभिन्न पक्ष, प्राथमिकता र विनियोजनका विषयमा आ-आफ्नो धारणा राख्नेछन्। सरकारले जेठ १५ गते संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो।

यो समाचारमा

काठमाडौँस्वर्णिम वाग्लेप्रतिनिधि सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुधन गुरुङबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

    काठमाडौँ।तत्कालीन गृहमन्त्री सुदन गुरुङमाथि लागेको अकुत सम्पत्तिको आरोपबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई आफ्नो प्रतिवेदन बुझाएको छ। जेठ १८ गते म्याद सकिएको समितिले पाँच दिनको थप समय लिएर प्रतिवेदन तयार पारेको हो।सम्पत्तिको स्रोत नखुलेको र अकुत सम्पत्ति जोडेको समाचार सार्वजनिक भएपछि गुरुङले गत वैशाख ९

    Data is loading...

    Loading brands...

    Loading footer...