मोटरसाइकल हातले डोर्‍याएर कर वृद्धिविरुद्ध फरक प्रदर्शन

Author

सजिलो पत्रिका

२०८३ जेठ ०८, शुक्रबार

10
Share
Featured

काठमाडौँ

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि र विभिन्न करहरूको विरोधमा चितवनमा आइतबार फरक शैलीको प्रदर्शन हुने भएको छ। जेनजी अभियन्ता मिराज ढुंगाना नेतृत्वको ‘गरी खान देऊ’ चितवन शाखाले मोटरसाइकल नचढी हातले डोर्‍याएर र्‍याली निकाल्ने जनाएको छ।

कार्यक्रम आइतबार अपराह्न ४:३० बजे चौबिसकोठीबाट लायन्स चोकसम्म हुने छ। आन्दोलनकर्ताहरूले आर्थिक संकटको समयमा सरकारले थप कर लगाएर जनतामाथि भार बढाएको आरोप लगाएका छन्।

आयोजकका अनुसार पेट्रोलियम पदार्थमा लाग्ने विभिन्न करहरू हटाउन सरकारलाई दबाब दिन यो प्रदर्शन गरिएको हो। सहभागीहरूले मोटरसाइकल चलाउनुको सट्टा हातले डोर्‍याएर सरकारको ध्यानाकर्षण गराउने छन्।

यो समाचारमा

काठमाडौँचितवन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नीतिगत कब्जा अन्त्य गर्न सरकार निर्मम हुन्छ - अर्थमन्त्री वाग्ले

    काठमाडौँ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा व्याप्त नीतिगत तथा संस्थागत कब्जा (Policy Capture) अन्त्य गर्न सरकार अझ निर्मम ढंगले अघि बढ्ने चेतावनी दिएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार कुशासनबाट आजित नागरिक र व्यवसायीको जनादेशका आधारमा बनेकाले सुशासनका लागि ठूला सुधारका कदम चालिरहेको बताए।मन्त्री वाग्लेले सरकारले बजेटमार्फत

    Data is loading...

    Loading brands...

    Loading footer...