केही स्थानमा मध्यमस्तरको वर्षादेखि हुरीको सम्भावना

Author

सजिलो पत्रिका

२०८३ जेठ ०२, शनिबार

27
Share
Featured
  • नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण मौसममा फेरबदल आएको छ।

  • कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

  • उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात हुन सक्नेछ।

  • मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भू-भागमा हावाहुरी चल्ने सम्भावना रहेको छ।

  • चट्याङ, वर्षा र हुरीका कारण हुन सक्ने जोखिमबाट बच्न सतर्क रहन मौसम विभागको आग्रह छ।

  • समाचार सारांशGenerated using AI.

    काठमाडौँ, २ जेठ

    हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश, कर्णाली प्रदेशसुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल र बाँकी प्रदेशमा आंशिक बादल लागेको छ ।

    गण्डकी प्रदेशका थोरै स्थानमा, लुम्बिनी प्रदेशकोशी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी हिमाली, पहाडी र तराई भू–भागमा आंशिक बादल लाग्नेछ विभागको भनाइ छ । कोशी प्रदेशका केही स्थानहरूमा, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशको हिमाली, पहाडी भू–भागका र मधेस प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हुरीको पनि सम्भावना रहेको छ ।

    आज राति कोशी प्रदेशलगायत बागमती प्रदेश, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी पहाडी र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशको थोरै स्थानहरू, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना छ ।

    यो समाचारमा

    कर्णाली प्रदेशबागमती प्रदेशकाठमाडौँगण्डकी प्रदेश
    लुम्बिनी प्रदेश8 more

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

      कुल मतदान: 0

      सम्बन्धित समाचार

      sajilo patrika

      प्रधानमन्त्री बालेनलाई अर्जुननरसिंह केसीको सुझाव - 'अलि इतिहास अध्ययन गरौँ'

      काठमाडौँ।नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह के.सीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई इतिहासको गहिरो अध्ययन गरेर मात्रै टिप्पणी गर्न सुझाव दिएका छन्। प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत "सबै समस्या ३५ वर्षयताका हुन्" भनी उल्लेख गरेकोमा आपत्ति जनाउँदै केसीले यस्तो बताएका हुन्।मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै केसीले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिको बचाउ "भरिया" लगाएर

      Data is loading...

      Loading brands...

      Loading footer...