संसदलाई मर्यादित र व्यवस्थित बनाउने जिम्मेवारी प्रधानमन्त्रीकै हो : वर्षमान पुन

Author

सजिलो पत्रिका

२०८३ वैशाख ३१, बिहिबार

13
Share
Featured

काठमाडौँ– नेकपाका सांसद वर्षमान पुनले प्रधानमन्त्री संसद्को नेता हुने भएकाले संसदलाई मर्यादित र व्यवस्थित बनाउने जिम्मेवारी प्रधानमन्त्रीकै भएको बताएका छन्।

प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै पुनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)  अनुपस्थित रहेको विषयमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी लाई ध्यानाकर्षण गराएका हुन्।

पुनले संसदीय लोकतन्त्रमा संसद्को नेता प्रधानमन्त्री नै हुने उल्लेख गर्दै नीति तथा कार्यक्रममाथिको छलफल स्वयं प्रधानमन्त्रीको जिम्मेवारी र स्वामित्वको विषय भएको बताए। 

उनले भने, ‘संसदीय लोकतन्त्रमा संसद्को नेता प्रधानमन्त्री नै हो। संसद्लाई व्यवस्थित र मर्यादित बनाउने जिम्मेवारी प्रधानमन्त्रीकै हुन्छ।’

उनका अनुसार नीति तथा कार्यक्रम प्रस्तुत र छलफलका क्रममा प्रधानमन्त्रीको अनुपस्थितिले राम्रो संकेत नगर्ने भन्दै उनले यसलाई संसदीय अभ्यासका हिसाबले गम्भीर विषयका रूपमा लिनुपर्ने बताए।

पुनले प्रधानमन्त्रीले संसद्‌मा उपस्थित भएर आफ्ना नीति तथा कार्यक्रमको बचाउ गर्नुपर्ने र प्रतिपक्षका प्रश्नहरूको जवाफ दिनुपर्ने पनि उल्लेख गरे। उनले लोकतन्त्रको सुन्दर पक्ष संवाद भएको भन्दै संसदै नै त्यसको प्रमुख थलो भएको धारणा राखे।

उनले प्रधानमन्त्रीले आफ्ना कार्यक्रमको स्वामित्व लिएर आगामी दिनमा स्पष्ट मार्गचित्र प्रस्तुत गर्ने अपेक्षा समेत व्यक्त गरे।

यो समाचारमा

वर्षमान पुनकाठमाडौँबालेन्द्र शाह (बालेन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रधानमन्त्रीको अभिव्यक्ति र सदनको अवरोधबारे छलफल गर्न शीर्ष नेताहरू बैठकमा

    काठमाडौँ।संसद्मा जारी गतिरोध अन्त्यका लागि कार्यव्यवस्था परामर्श समितिको हलमा सर्वदलीय बैठक सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पहलमा आयोजित यस बैठकमा सदनमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेता र प्रमुख सचेतकहरू सहभागी छन्।बैठकमा नेपाली काँग्रेसका भीष्मराज आङ्देम्बे, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का राम बहादुर थापा (बादल)

    Data is loading...

    Loading brands...

    Loading footer...