नेप्से परिसूचक १० अङ्कले घट्यो, बजार २ हजार ७३० मा सीमित

Author

सजिलो पत्रिका

२०८३ वैशाख ३१, बिहिबार

18
Share
Featured
काठमाडौँ

धितोपत्र बजारमा आज नेप्से परिसूचक १०.०७ अङ्कले घट्दै २ हजार ७ सय ३०.१७ विन्दुमा पुगेको छ। ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.३४ अङ्कले घटेर ४६७.२० विन्दुमा सीमित भएको छ।

आज कुल ३३७ कम्पनीका ७९ लाख ५८ हजार ७५२ कित्ता शेयर ३ अर्ब २९ करोड २ लाख ४४ हजार ६१९ रुपैयाँ बराबरमा खरिद–बिक्री भएका छन्। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, साहस ऊर्जा, एसवाई प्यानल नेपाल, युनियन हाइड्रोपावर र माउन्टेन इनर्जी नेपाल अग्रस्थानमा रहेका छन्।

यस्तै, आज युनियन हाइड्रोपावर, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, एनआईबीएल स्टेबल फण्ड, एनएमबी हाइब्रिड फण्ड र हिमालयन–८० का लगानीकर्ताले नाफा कमाएका छन्। भने एसियन हाइड्रोपावर, हिमालयन इन्स्योरेन्स, नारायणी डेभलपमेन्ट बैंक, रिजलाइन इनर्जी र भुजुङ हाइड्रोपावरका लगानीकर्ताले घाटा बेहोरेका छन्।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नीतिगत कब्जा अन्त्य गर्न सरकार निर्मम हुन्छ - अर्थमन्त्री वाग्ले

    काठमाडौँ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा व्याप्त नीतिगत तथा संस्थागत कब्जा (Policy Capture) अन्त्य गर्न सरकार अझ निर्मम ढंगले अघि बढ्ने चेतावनी दिएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार कुशासनबाट आजित नागरिक र व्यवसायीको जनादेशका आधारमा बनेकाले सुशासनका लागि ठूला सुधारका कदम चालिरहेको बताए।मन्त्री वाग्लेले सरकारले बजेटमार्फत

    Data is loading...

    Loading brands...

    Loading footer...