रास्वपाले विपिन आचार्यको संयोजकत्वमा विधान संशोधन समिति विस्तार

Author

सजिलो पत्रिका

२०८३ वैशाख ३०, बुधबार

17
Share
Featured

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा पाँच सदस्यीय विधान संशोधन समिति विस्तार गरेको छ।

बुधबार बिहान बसेको केन्द्रीय समिति बैठकले आचार्यको नेतृत्वमा समितिलाई विस्तार गर्दै विधान संशोधनको काम अघि बढाउने निर्णय गरेको हो। समितिलाई आगामी जेठ १० गतेसम्म विधान मस्यौदा पेस गर्न निर्देशन दिइएको छ।

समितिको सदस्यमा सचिवालय सदस्य गणेश पराजुली, केन्द्रीय सदस्य डा. चन्दा कार्की, प्रकाश चन्द्र परियार दर्जीसुशान्त वैदिक रहेका छन्।

यसअघि वैशाख २० गते बसेको सचिवालय बैठकले विपिन आचार्यको संयोजकत्वमा विधान संशोधन समिति गठन गर्ने निर्णय गरेको थियो। बैठकले सांसदहरूको भूमिका संसदमा अझ प्रभावकारी बनाउने विषयमा समेत छलफल गरेको जनाइएको छ।

यो समाचारमा

चन्दा कार्कीकाठमाडौँसुशान्त वैदिकगणेश पराजुली
विपिन कुमार आचार्य6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    साइबर ठगी नियन्त्रण र डिजिटल साक्षरता अभियान चलाउन सांसद रञ्जु न्यौपानेको माग

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) की सांसद रञ्जु न्यौपानेले मुलुकमा बढ्दै गएको साइबर अपराध र प्रविधिमार्फत हुने वित्तीय ठगीप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सामाजिक सञ्जाल ह्याक गरी सर्वसाधारणको रकम लुट्ने गिरोहलाई तत्काल कारबाही गर्न माग गरिन्।सांसद न्यौपानेले ह्वाट्सएप ह्याक गरी आफन्तबाट पैसा असुलिएका र बैंक खाताबाट

    Data is loading...

    Loading brands...

    Loading footer...