प्रधानमन्त्रीको भूमिकामाथि हर्क साम्पाङको प्रश्न, सरकार जनताप्रति जवाफदेही नभएको आरोप

Author

सजिलो पत्रिका

२०८३ वैशाख २९, मङ्गलबार

15
Share
Featured

काठमाडौँ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को कार्यशैलीमाथि प्रश्न उठाउँदै सरकार जनताप्रति जवाफदेही नभएको आरोप लगाएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै साम्पाङले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिनु जनताको आवाज बेवास्ता गर्नु सरह भएको बताए। उनले प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्नुपर्ने कि नपर्ने भन्दै प्रश्न गरे।

साम्पाङले प्रधानमन्त्रीको मौनतालाई असक्षमताको संकेतका रूपमा टिप्पणी गर्दै सरकार नेतृत्व प्रभावकारी बन्न नसकेको आरोप लगाए। ‘सांसदको प्रश्नको उत्तर नदिनु भनेको जनताको प्रश्नको उत्तर नदिनु हो,’ उनले भने।

उनले वर्तमान अवस्थामा जनता सरकारबाटै असुरक्षित महसुस गरिरहेको दाबी गर्दै सीमा क्षेत्रमा भइरहेका गतिविधिप्रति सरकार मूकदर्शक बनेको आरोप समेत लगाए। साम्पाङले धार्मिक स्थलहरू भत्काइँदा र व्यवसायीहरूमा त्रास फैलिँदा पनि सरकारले संवेदनशीलता नदेखाएको टिप्पणी गरे।

यो समाचारमा

बालेन्द्र शाह (बालेन)काठमाडौँश्रम संस्कृति पार्टीहर्कराज साम्पाङ राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भ्रष्टाचार छानबिनदेखि रोहिङ्ग्या फिर्तासम्मका मुद्दाले ततायो सदन

    काठमाडौँ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदहरूले समसामयिक राष्ट्रिय मुद्दाहरूमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। शून्य समयमा बोल्दै सांसदहरूले भ्रष्टाचारका पुराना काण्डहरूको छानबिन, सुकुमवासी समस्याको समाधान र सार्वजनिक सेवा प्रवाहमा सुधारको माग गरेका हुन्।बैठकमा सांसद ललिताकुमारीले नेपाल भित्रिएका रोहिङ्ग्याहरूलाई फर्काउन माग गरिन् भने सांसद लक्ष्मीप्रसाद पोखरेलले साताको दुई दिने बिदा हटाउन

    Data is loading...

    Loading brands...

    Loading footer...