लिपुलेक-लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न भूभाग हुन् : परराष्ट्र मन्त्रालय

Author

सजिलो पत्रिका

२०८३ वैशाख २५, शुक्रबार

10
Share
Featured

काठमाडौँ :सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा आफ्नो अडान पुनः स्पष्ट पारेको छ। सुगौली सन्धिअनुसार महाकाली नदी (काली नदी) पूर्वका यी क्षेत्रहरू नेपालकै रहेको विषयमा सरकार स्पष्ट र अडिग रहेको परराष्ट्र मन्त्रालय ले जनाएको हो। 

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीकाअनुसार नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा सरकारले आफ्नो गम्भीर सरोकार दुवै छिमेकी मुलुकलाई कुटनीतिक माध्यमबाट अवगत गराइसकेको छ

यसअघि पनि उक्त क्षेत्रमा सडक निर्माण नगर्न भारत सरकारलाई आग्रह गरेको स्मरण गराउँदै मन्त्रालयले ऐतिहासिक सन्धि, नक्सा र प्रमाणका आधारमा सीमा समस्याको समाधान कुटनीतिक संवादमार्फत गर्न नेपाल प्रतिबद्ध रहेको जनाएको छ।

यो समाचारमा

काठमाडौँपरराष्ट्र मन्त्रालयनेपालमहाकाली नदी (काली नदी)
कालापानी4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भ्रष्टाचार छानबिनदेखि रोहिङ्ग्या फिर्तासम्मका मुद्दाले ततायो सदन

    काठमाडौँ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदहरूले समसामयिक राष्ट्रिय मुद्दाहरूमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। शून्य समयमा बोल्दै सांसदहरूले भ्रष्टाचारका पुराना काण्डहरूको छानबिन, सुकुमवासी समस्याको समाधान र सार्वजनिक सेवा प्रवाहमा सुधारको माग गरेका हुन्।बैठकमा सांसद ललिताकुमारीले नेपाल भित्रिएका रोहिङ्ग्याहरूलाई फर्काउन माग गरिन् भने सांसद लक्ष्मीप्रसाद पोखरेलले साताको दुई दिने बिदा हटाउन

    Data is loading...

    Loading brands...

    Loading footer...