नदी किनारका विस्थापितलाई सम्पर्कमा आउन सरकारको आग्रह, होल्डिङ सेन्टरमा राख्ने तयारी

Author

सजिलो पत्रिका

२०८३ वैशाख २०, आइतबार

9
Share
Featured
  • नदी किनारका जोखिमयुक्त बस्तीबाट विस्थापित तथा छुटेका नागरिकलाई सम्पर्कमा आउन सहरी विकास मन्त्रालयको आग्रह।
  • दशरथ रंगशालामा प्राथमिक दर्ता केन्द्र स्थापना गरी डिजिटल लगतमार्फत वास्तविक भूमिहीनको पहिचान सुरु।
  • दर्ता भएका नागरिकलाई होल्डिङ सेन्टरमा आवास, भोजन, स्वास्थ्य र अन्य आधारभूत सेवा निःशुल्क उपलब्ध गराइने।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सहरी विकास मन्त्रालयले नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरणका क्रममा छुटेका तथा समस्यामा परेका नागरिकलाई तत्काल सम्पर्कमा आउन आग्रह गरेको छ। मन्त्रालयले सहायता आवश्यक भएका र हाल अलपत्र परेका नागरिकलाई तोकिएको केन्द्रमा सम्पर्क गर्न अनुरोध गरेको हो।

मन्त्रालयका अनुसार काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्राथमिक दर्ता केन्द्र स्थापना गरिएको छ। उक्त केन्द्रमा उपस्थित भएर आवश्यक विवरण दर्ता गराउन सम्बन्धित नागरिकलाई आग्रह गरिएको छ।

सरकारले वास्तविक भूमिहीन नागरिकको पहिचानका लागि डिजिटल लगत संकलनको काम पनि अघि बढाइरहेको जनाएको छ। दर्ता भएका नागरिकलाई सरकारद्वारा स्थापना गरिएका होल्डिङ सेन्टरमा व्यवस्थित रूपमा राखिने व्यवस्था मिलाइएको छ।

होल्डिङ सेन्टरमा आवास, भोजन, स्वास्थ्य सेवा, बालबालिकाको शिक्षा तथा मनोवैज्ञानिक परामर्शजस्ता आधारभूत सेवा निःशुल्क उपलब्ध गराइने मन्त्रालयले जनाएको छ।

आर्थिक रूपमा कमजोर र आफैं व्यवस्थापन गर्न असमर्थ नागरिकलाई सरकारी सेवाको उपयोग गर्न आग्रह गर्दै मन्त्रालयले वास्तविक सुकुमबासी र भूमिहीनलाई प्राथमिकतामा राखेर समस्या समाधान गरिने बताएको छ। सरकारले सुरक्षित, व्यवस्थित र दीर्घकालीन पुनर्स्थापनाका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ।

यो समाचारमा

काठमाडौँदशरथ रंगशाला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नीतिगत कब्जा अन्त्य गर्न सरकार निर्मम हुन्छ - अर्थमन्त्री वाग्ले

    काठमाडौँ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा व्याप्त नीतिगत तथा संस्थागत कब्जा (Policy Capture) अन्त्य गर्न सरकार अझ निर्मम ढंगले अघि बढ्ने चेतावनी दिएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार कुशासनबाट आजित नागरिक र व्यवसायीको जनादेशका आधारमा बनेकाले सुशासनका लागि ठूला सुधारका कदम चालिरहेको बताए।मन्त्री वाग्लेले सरकारले बजेटमार्फत

    Data is loading...

    Loading brands...

    Loading footer...