रास्वपाले वैशाख २० गते स्थानीय तह निर्वाचनका लागि उम्मेदवार आह्वान गर्ने निर्णय

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०७, सोमबार

13
Share
Featured

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार आह्वान गर्ने निर्णय गरेको छ। सोमबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो।

पार्टीले वैशाख २० गते क्यान्डिडेट क्लबमार्फत औपचारिक रूपमा उम्मेदवार आह्वान गर्ने भएको छ। उक्त प्रक्रियाको तयारीका लागि उम्मेदवार छनोटको रूपरेखा निर्माण गर्ने जिम्मेवारी सहमहामन्त्री विपिन आचार्यलाई दिइएको पार्टीले जनाएको छ।

सहमहामन्त्री आचार्यका अनुसार उम्मेदवार छनोट प्रक्रिया व्यवस्थित बनाउन रूपरेखा तयार गरी क्यान्डिडेट क्लबमार्फत आह्वान गरिनेछ। उनले उक्त कार्यक्रमको संयोजनको जिम्मेवारी आफूलाई दिइएको जानकारी दिए।

यो समाचारमा

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    साइबर ठगी नियन्त्रण र डिजिटल साक्षरता अभियान चलाउन सांसद रञ्जु न्यौपानेको माग

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) की सांसद रञ्जु न्यौपानेले मुलुकमा बढ्दै गएको साइबर अपराध र प्रविधिमार्फत हुने वित्तीय ठगीप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सामाजिक सञ्जाल ह्याक गरी सर्वसाधारणको रकम लुट्ने गिरोहलाई तत्काल कारबाही गर्न माग गरिन्।सांसद न्यौपानेले ह्वाट्सएप ह्याक गरी आफन्तबाट पैसा असुलिएका र बैंक खाताबाट

    Data is loading...

    Loading brands...

    Loading footer...