पूर्णबहादुर खड्कालाई कारबाही गर्ने कांग्रेसको तयारी

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०२, बुधबार

15
Share
Featured
  • नेपाली कांग्रेस ले पूर्णबहादुर खड्का माथि कारबाही गर्ने तयारी गर्दै अनुशासन र कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
  • खड्काले ‘कार्यवाहक सभापति’ हैसियतमा पुनः विज्ञप्ति जारी गरेपछि नेतृत्व उनीप्रति कडा बनेको हो।
  • गगन थापा ले अनधिकृत गतिविधि सहन नसकिने चेतावनी दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसले पार्टीमा समानान्तर गतिविधि गरेको र 'कार्यवाहक सभापति' को हैसियतमा अनधिकृत रूपमा दोस्रो पटक विज्ञप्ति जारी गरेको भन्दै पूर्वकार्यवाहक सभापति पूर्ण बहादुर खड्कालाई कारबाही गर्ने तयारी गरेको छ। यस विषयमा निर्णय लिन आज बिहान ११ बजे केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको छ भने दिउँसो २ बजे कार्यसम्पादन समितिको बैठक बस्दैछ।

यसअघि पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउविरुद्ध पार्टीको लेटरहेड प्रयोग गरेर विज्ञप्ति निकालेपछि अनुशासन समितिले खड्कालाई सचेत गराएको थियो। तर, खड्काले पुनः सोही कार्य दोहोर्‍याएपछि पार्टी नेतृत्व उनीप्रति कठोर बनेको हो। सभापति गगन थापाले पार्टी कार्यालयबाहिरबाट हुने अनधिकृत गतिविधि अब नसहने र सीमा नाघ्नेलाई कारबाही गरिने संकेत गरिसकेका छन्।

अनुशासन समितिका संयोजक तारामान गुरुङले विधानविपरीत चल्ने जोकोही कारबाहीको दायरामा पर्ने स्पष्ट पारेका छन्। खड्काले भने निर्वाचन आयोगको निर्णयप्रति असहमति जनाउँदै आफू चौधौँ महाधिवेशनबाट निर्वाचित कार्यवाहक सभापति नै रहेको दाबी गर्दै आएका छन्।

यो समाचारमा

गगन थापारमेश लेखकनेपाली काँग्रेसकाठमाडौँ
निर्वाचन आयोग5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नीतिगत कब्जा अन्त्य गर्न सरकार निर्मम हुन्छ - अर्थमन्त्री वाग्ले

    काठमाडौँ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा व्याप्त नीतिगत तथा संस्थागत कब्जा (Policy Capture) अन्त्य गर्न सरकार अझ निर्मम ढंगले अघि बढ्ने चेतावनी दिएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार कुशासनबाट आजित नागरिक र व्यवसायीको जनादेशका आधारमा बनेकाले सुशासनका लागि ठूला सुधारका कदम चालिरहेको बताए।मन्त्री वाग्लेले सरकारले बजेटमार्फत

    Data is loading...

    Loading brands...

    Loading footer...