वीर र गंगालाल अस्पतालमा स्वास्थ्यमन्त्रीको आकस्मिक अनुगमन

Author

सजिलो पत्रिका

२०८२ चैत २९, आइतबार

12
Share
Featured
  • स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता ले वीर अस्पताल र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र मा आकस्मिक अनुगमन गरिन्।
  • अनुगमनमा सरसफाइ, लामो लाइन, औषधि अभाव र स्वास्थ्य बीमामा समस्या भेटिएपछि बिरामीको गुनासो सुनियो।
  • मन्त्रीले सेवा सुधार, प्रविधिमैत्री व्यवस्थापन र औषधि आपूर्ति सहज बनाउन तत्काल निर्देशन दिँदै आवश्यक सहयोगको प्रतिबद्धता जनाइन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले आज वीर अस्पताल र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक अनुगमन गरेकी छन्। अस्पतालले प्रवाह गर्ने सेवाको वास्तविक अवस्था र सर्वसाधारणले भोग्नुपरेका सास्तीबारे जानकारी लिन मन्त्री मेहता कुनै पूर्व जानकारी विना नै अस्पताल पुगेकी हुन्।

अनुगमनका क्रममा उनले अस्पतालको सरसफाइ, बिरामीको चाप, लामो लाइन, औषधि अभाव तथा स्वास्थ्य बीमामा देखिएका जटिलताबारे प्रत्यक्ष अवलोकन गरिन्। बिरामीहरूले स्वास्थ्य बीमाको लाभ लिन भोग्नुपरेको झन्झट र सामान्य उपचारका लागि पनि घण्टौँ कुर्नुपर्ने गुनासो गरेपछि मन्त्रीले अस्पताल प्रशासनसँग चासो व्यक्त गरेकी थिइन्।

मन्त्री मेहताले अस्पतालका पदाधिकारीहरूलाई तुरुन्त निर्देशन दिँदै सरसफाइमा ध्यान दिन, बिरामीको पालो व्यवस्थापनलाई प्रविधिमैत्री र सहज बनाउन तथा औषधि आपूर्तिमा देखिएका अवरोध तत्काल हटाउन निर्देशन दिइन्। "जनताले सरकारी अस्पतालमा सेवा पाउँदा झन्झट होइन, राहत महसुस गर्नुपर्छ," उनले भनिन्। देखिएका समस्या समाधानका लागि मन्त्रालयले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता समेत उनले जनाएकी छन्।

यो समाचारमा

काठमाडौँनिशा मेहता

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुधन गुरुङबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

    काठमाडौँ।तत्कालीन गृहमन्त्री सुदन गुरुङमाथि लागेको अकुत सम्पत्तिको आरोपबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई आफ्नो प्रतिवेदन बुझाएको छ। जेठ १८ गते म्याद सकिएको समितिले पाँच दिनको थप समय लिएर प्रतिवेदन तयार पारेको हो।सम्पत्तिको स्रोत नखुलेको र अकुत सम्पत्ति जोडेको समाचार सार्वजनिक भएपछि गुरुङले गत वैशाख ९

    Data is loading...

    Loading brands...

    Loading footer...