नेपाल डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्टलाई तीव्रता दिने सरकार–विश्व बैंक सहमति

Author

सजिलो पत्रिका

२०८२ चैत २५, बुधबार

18
Share
Featured

काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाविश्व बैंकका दक्षिण एसिया क्षेत्रीय निर्देशक डेभिड सिर्लेनबीच ‘नेपाल डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्ट’ लाई तीव्रता दिने विषयमा सहमति भएको छ।

सिंहदरवारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बुधबार भएको भेटवार्तामा परियोजना कार्यान्वयन, आपसी सहयोग र आगामी सहकार्यका विषयमा विस्तृत छलफल भएको जनाइएको छ।

भेटमा विश्व बैंकका निर्देशक सिर्लेनले मन्त्री तिमिल्सिनालाई बधाई तथा शुभकामना व्यक्त गर्दै नेपालमा कार्यान्वयनमा रहेको डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्टप्रति सरकारको प्राथमिकताबारे चासो व्यक्त गरे।

उनले उक्त परियोजनाले शासकीय सुधारको कार्यसूची कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सूचना प्रविधिको पहुँच विस्तार, डेटा व्यवस्थापन, डिजिटल रूपान्तरण, मिडिया साक्षरता र शासकीय सुधारका क्षेत्रमा निरन्तर सहयोग गर्न विश्व बैंक प्रतिबद्ध रहेको जानकारी दिए।

जवाफमा मन्त्री तिमिल्सिनाले विश्व बैंकको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै परियोजनालाई प्रभावकारी रूपमा अघि बढाइने बताए। उनले नयाँ सरकार गठनपछि पूर्वाधार विकास र नागरिक सेवा प्रवाहलाई नतिजामुखी बनाउने काम सुरु भइसकेको उल्लेख गर्दै विगतका कमजोरी सुधारेर अघि बढ्ने सरकारको प्रतिबद्धता व्यक्त गरे।

उक्त भेटवार्तामा परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा सञ्चार मन्त्रालयका अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

यो समाचारमा

काठमाडौँसिंहदरवारविक्रम तिमिल्सिनापरराष्ट्र मन्त्रालय
विश्व बैंक4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुधन गुरुङबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

    काठमाडौँ।तत्कालीन गृहमन्त्री सुदन गुरुङमाथि लागेको अकुत सम्पत्तिको आरोपबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई आफ्नो प्रतिवेदन बुझाएको छ। जेठ १८ गते म्याद सकिएको समितिले पाँच दिनको थप समय लिएर प्रतिवेदन तयार पारेको हो।सम्पत्तिको स्रोत नखुलेको र अकुत सम्पत्ति जोडेको समाचार सार्वजनिक भएपछि गुरुङले गत वैशाख ९

    Data is loading...

    Loading brands...

    Loading footer...