आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँः सांसद पुन

Author

सजिलो पत्रिका

२०८२ चैत १९, बिहिबार

15
Share
Featured

काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट निर्वाचित सांसद वर्षमान पुनले आफ्नो पार्टीले सदनमा आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको पहिलो अधिवेशन प्रारम्भको अवसरमा आज दलीय आधारमा मन्तव्य राख्दै उहाँले देश र जनताको पक्षमा आफ्नो पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

“राष्ट्र निर्माण, सामाजिक न्याय, रुपान्तरणलगायत जनहित र सकारात्मक विषयमा सरकारलाई सहयोग गर्न तयार छौँ”, सांसद पुनले भन्नुभयो, “गणतन्त्र, लोकतन्त्र, सङ्घीयता र समावेशीतालगायत राजनीतिक उपलब्धिलाई अझ उन्नत बनाउँदै लैजानेमा सहकार्य र समन्वय गर्नेछौँ ।”

सांसद पुनले आफ्नो पार्टी लोकतान्त्रिक आचरण, व्यवहार र पद्धतिमा विश्वास राख्ने उल्लेख गर्दै नवयुवा पुस्ताले उठाएका विषयलाई सम्बोधन गर्नेतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले २०६४ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले २०७४ सालमा प्राप्त गरेको जनमत अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्राप्त गरेको उल्लेख गर्दै उहाँले माओवादी र नेकपाको कमीकमजोरीबाट पाठ सिकेर आगामी यात्रा तय गर्न सुझाव दिनुभयो । 

यो समाचारमा

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीवर्षमान पुननेपाल कम्युनिष्ट पार्टी (माओवादी)
नेपाली कम्युनिष्ट पार्टी4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कालापानी र सुस्तामा मात्रै नक्सांकन बाँकी छ- परराष्ट्रमन्त्री खनाल

    काठमाडौँ।परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच कालापानी क्षेत्र र सुस्तामा मात्रै नक्सांकन गर्न बाँकी रहेको बताएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री खनालले सुस्ता, लिम्पियाधुरा, कालापानी र लिपुलेक बाहेकका अधिकांश क्षेत्रमा सीमा सम्बन्धी काम भइसकेको जानकारी दिए।प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को हालैको अभिव्यक्ति र भारत भ्रमणबारे प्रष्टीकरण दिँदै मन्त्री खनालले

    Data is loading...

    Loading brands...

    Loading footer...