बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

Author

सजिलो पत्रिका

२०८२ चैत ०४, बुधबार

11
Share
Featured
  • आगो नियन्त्रण दस्ता गठन – बाँकेमा डढेलो नियन्त्रणका लागि २४ जनाको दस्ता (शम्शेरगञ्ज र सिक्टा क्षेत्रमा १२–१२ जना) तयार गरिएको छ।
  • स्रोत र तयारी – ६,००० लिटर क्षमताको वारुणयन्त्र, २०,००० लिटरको पानी ट्याङ्की र १२० किमि फायरलाइनसहित आवश्यक उपकरण र जनशक्ति तयारी अवस्थामा छन्।
  • जोखिम न्यूनीकरण योजना – आगलागी, डढेलो, लु र हावाहुरी नियन्त्रणका लागि प्रतिकार्य योजना स्वीकृत गरी जनचेतना, पूर्वतयारी र समन्वयात्मक काम अघि बढाइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बाँकेमा डढेलो नियन्त्रणका लागि ‘आगो नियन्त्रण दस्ता’ निर्माण गरिएको छ । जिल्लास्थित वन डिभिजन कार्यालयले जिल्लामा २४ जनाको दस्ता निर्माण गरेको हो ।

वन डिभिजन कार्यालयका वरिष्ठ वन अधिकृत तथा सूचना अधिकारी टङ्क गुरुङका अनुसार डढेलो लाग्ने क्षेत्रका पहिचान गरी दस्ता निर्माण गरिएको हो । खास गरी शम्शेरगञ्ज क्षेत्रका लागि १२ र सिक्टा सब डिभिजन वन कार्यालयअन्र्तगत रहेको भूवरभवानी चक्ला वनका लागि १२ जनाको आगो नियन्त्रण दस्ता बनाइएको उहाँले जानकारी दिनुभयो ।  

सूचना अधिकारी गुरुङले जनचेतनामूलक कार्यक्रमसहित विभिन्न कार्यक्रम गर्न वन उपभोक्ता महासङ्घको समन्वयमा डढेलो नियन्त्रणका कार्यक्रम ल्याइएको उल्लेख गर्दै छ हजार लिटर पानीको क्षमता भएको वारुणयन्त्र तयारी अवस्थामा राखिएको बताउनुभयो । “हामीसँग भएको स्रोत र साधनका हिसाबले हामी डढेलो नियन्त्रण गर्न तयारी अवस्थामा बसेका छौँ”, उहाँले भन्नुभयो । 

गुरुङले आगलागी भएपछि दस्ताले आगो नियन्त्रण तथा उद्धारका काम गर्ने उल्लेख गर्नुभयो । बाँकेमा गत वर्ष डढेलो नलागे पनि अघिल्लो वर्ष डढेलो लाग्दा ठूलो मात्रामा वन्यजन्तु मरेका थिए ।  

वन डिभिजन कार्यालयका प्रमुख शङ्करप्रसाद गुप्ताले डढेलो नियन्त्रणका लागि ‘अग्नि नियन्त्रण हेरालु’ चार वर्षका लागि नियुक्त गरिएको जानकारी दिँदै उहाँहरूले आगलागी हुन नदिन योजनाबद्ध काम गर्ने बताउनुभयो । उहाँले शम्शेरगञ्ज सब डिभिजन वन कार्यालयअन्तर्गतको वन र सिक्टा सब डिभिजन वन कार्यालयअन्तर्गतको वनमा छ÷छ जनाको अग्निनियन्त्रण हेरालु रहेका उल्लेख गर्नुभयो । 

प्रमुख अग्निनियन्त्रण हेरालुले फायरलाइन सफा गर्नुका साथै त्यसको संरक्षण गर्ने गुस्ताले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा १०० किलोमिटर फायरलाइन रहेकामा त्यसलाई बढाएर १२० किलोमिटर पु¥याइएको छ । उहाँले शम्शेरगञ्जमा रु २५ लाखको लागतमा २० हजार लिटर क्षमताको ‘ओभर वाटर टयाङ्क’ समेत निर्माण भएको उल्लेख गर्दै डढेलो नियन्त्रणमा त्यसले पनि प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । 

डढेलोका जोखिम न्यूनीकरण गर्न प्रतिकार्य योजना 

बाँकेमा गर्मीयाम सुरु भएपछि चल्ने तातो हावा (लु), आगलागी, हावाहुरी तथा वन डढेलो घटनाका जोखिमलाई न्यूनीकरण गर्न प्रतिकार्य योजना स्वीकृत गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको अध्यक्षतामा बसेको बैठकले आगलागी, वन डढेलो, तातो हावा (लु) तथा हावाहुरीबाट हुनसक्ने क्षतिलाई रोकथाम तथा न्यूनीकरण गर्न पूर्वतयारीलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । 

बैठकले यसअघि भएका निर्णयको कार्यान्वयन अवस्थाबारे समीक्षा गर्दै आगामी दिनमा जोखिम व्यवस्थापनका लागि स्पष्ट कार्ययोजना अघि बढाउने सहमति पनि गरेको जनाएको छ । बैठकमा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रले तयार पारेको आगलागी, तातो हावा (लु) तथा वन डढेलो पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ माथि विस्तृत छलफल भएको थियो । 

गर्मी बढेसँगै आगलागी तथा वन डढेलोका घटना बढ्ने जोखिम रहेकाले डिभिजन वन कार्यालयलाई आगलागी रोकथामका लागि छुट्टै कार्ययोजना तयार गरी कार्यान्वयन गर्न निर्देशन दिइएको छ । वन डढेलो नियन्त्रणका लागि प्रचारप्रसार तथा सचेतना अभियान सञ्चालन गर्ने र आवश्यक उपकरण व्यवस्थापनका लागि जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रसँग समन्वय गर्ने निर्णय पनि बैठकले गरेको छ । 

यो समाचारमा

बाँकेकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध

    काठमाडौँ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका करिब २५ लाख किसान आबद्ध भएका छन् । किसानलाई जमिनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो । उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणालीमार्फत सूचीकृत गरिएको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिनुभयो ।कृषि

    Data is loading...

    Loading brands...

    Loading footer...