मतदान सकियो, अब गणनाको पालो- यस्तो छ निर्वाचन आयोगको पछिल्लो अपडेट

Author

सजिलो पत्रिका

२०८२ फागुन २१, बिहिबार

16
Share
Featured
  • प्रतिनिधिसभा निर्वाचनमा Gen-Z (युवा) मतदाताको सहभागिता निकै उत्साहजनक रहेको निर्वाचन आयोगको भनाइ।
  • ललितपुरलगायत केही क्षेत्रमा आजै रातिदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ।
  • दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकोप्टरमार्फत शुक्रबारसम्म संकलन गरिने, समग्र निर्वाचन शान्तिपूर्ण रहेको आयोगको निष्कर्ष।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

निर्वाचन आयोगले बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा 'जेन–जी' (Gen-Z) समूहको सहभागिता अत्यन्तै उत्साहपूर्ण रहेको जनाएको छ। मतदान सकिएपछि आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन घोषणापछि थपिएका १० लाख नयाँ मतदातामध्ये अधिकांश यही उमेर समूहका रहेको र उनीहरूको लगाव प्रशंसनीय देखिएको बताए।

आयुक्त भण्डारीका अनुसार ललितपुर लगायतका धेरै निर्वाचन क्षेत्रमा आजै रातिदेखि मतगणना सुरु गर्ने तयारी भइरहेको छ। दुर्गम र हिमाली क्षेत्रका १५ जिल्लाका मतपेटिकाहरू भने शुक्रबार बिहानसम्म हेलिकोप्टरमार्फत संकलन गरिनेछ। निर्वाचनमा राजनीतिक दलहरूले सुशासनप्रति प्रतिबद्धता जनाएको उल्लेख गर्दै आयोगले छिटोभन्दा छिटो नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको छ। केही छिटफुट घटनाबाहेक समग्रमा निर्वाचन शान्तिपूर्ण र सफल भएको आयोगको निष्कर्ष छ।

यो समाचारमा

काठमाडौँनिर्वाचन आयोगप्रतिनिधि सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुधन गुरुङबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

    काठमाडौँ।तत्कालीन गृहमन्त्री सुदन गुरुङमाथि लागेको अकुत सम्पत्तिको आरोपबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई आफ्नो प्रतिवेदन बुझाएको छ। जेठ १८ गते म्याद सकिएको समितिले पाँच दिनको थप समय लिएर प्रतिवेदन तयार पारेको हो।सम्पत्तिको स्रोत नखुलेको र अकुत सम्पत्ति जोडेको समाचार सार्वजनिक भएपछि गुरुङले गत वैशाख ९

    Data is loading...

    Loading brands...

    Loading footer...