आशिका तामाङको उम्मेदवारी रद्द भएको हल्ला निराधार, भ्रममा नपर्न निर्वाचन आयोगको आग्रह

Author

सजिलो पत्रिका

२०८२ फागुन २०, बुधबार

28
Share
Featured
  • निर्वाचन आयोगले धादिङ क्षेत्र नम्बर १ की उम्मेदवार आशिका तामाङको उम्मेदवारी खारेज भएको हल्ला पूर्ण रूपमा भ्रामक भएको स्पष्ट पारेको छ।
  • सामाजिक सञ्जालमा फैलिएको तामाङको जर्मनी स्थायी बसोबास (PR) आधारमा उम्मेदवारी रद्द हुने भनिएको खबर निराधार रहेको आयोगले जनाएको छ।
  • आयोगले मतदाताहरूलाई आधिकारिक स्रोतबाट मात्र जानकारी लिन र अफवाहको पछि नलाग्न सचेत गराएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

निर्वाचन आयोगले धादिङ क्षेत्र नम्बर १ की उम्मेदवार आशिका तामाङको उम्मेदवारी खारेज भएको भन्ने समाचारलाई पूर्ण रूपमा भ्रामक र निराधार बताएको छ। मतदानको अघिल्लो दिन तामाङको जर्मनीको स्थायी बसोबास अनुमति (PR) रहेको आधारमा उम्मेदवारी रद्द गर्न लागिएको भन्दै सामाजिक सञ्जालमा फैलिएको हल्लाप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

आयोगका आचारसंहिता विभाग प्रमुख मनोज जोशीले तामाङको उम्मेदवारी खारेजी सम्बन्धमा कुनै पनि निर्णय नभएको स्पष्ट पारेका छन्। आयोगले यस्ता अपुष्ट र भ्रामक समाचारले निर्वाचन प्रक्रियामा अनावश्यक भ्रम सिर्जना गर्ने भन्दै सचेत रहन सबैमा आग्रह गरेको छ।

आयोगले मतदाताहरूलाई आधिकारिक स्रोतबाट प्राप्त जानकारीमा मात्र विश्वास गर्न र निर्वाचनको वातावरण प्रभावित पार्ने खालका अफवाहको पछि नलाग्न अनुरोध गरेको छ। तामाङ धादिङ-१ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छिन्।

यो समाचारमा

काठमाडौँआशिका तामाङनिर्वाचन आयोगधादिङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सम्पत्ति छानबिन आयोगलाई केपी ओलीको चुनौती- 'बयान पनि दिन्नँ, विवरण पनि बुझाउँदिनँ'

    काठमाडौँ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले सरकारद्वारा गठित 'सम्पत्ति जाँचबुझ तथा छानबिन आयोग' लाई बयान नदिने र सम्पत्ति विवरण पनि नबुझाउने घोषणा गरेका छन्। पार्टीको एक कार्यक्रममा बोल्दै ओलीले आयोगलाई मान्यता नदिने चेतावनी दिँदै भने, "अरू कसैले बयान दिए पनि मचाहिँ दिन्नँ, विवरण पनि भरेर पठाउँदिनँ।

    Data is loading...

    Loading brands...

    Loading footer...