आचारसंहिता कार्यान्वयनमा कुनै सम्झौता हुँदैन, बीबीसीको डकुमेन्ट्रीबारे कूटनीतिक पहल हुँदै

Author

सजिलो पत्रिका

२०८२ फागुन १५, शुक्रबार

14
Share
Featured
  • निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त Ram Prasad Bhandari ले आचारसंहिता उल्लंघनका सबै उजुरी फागुन २० भित्र टुङ्ग्याइने बताएका छन्।
  • हालसम्म करिब १ हजार उजुरीमाथि कारबाही भइसकेको र गम्भीर प्रकरणमा सजायमुखी निर्णयसमेत गरिएको जानकारी दिएका छन्।
  • बीबीसी डकुमेन्ट्रीबारे कूटनीतिक माध्यमबाट समाधान खोजिरहेको उल्लेख गर्दै उनले स्वच्छ र भयरहित मतदानका लागि सबै पक्षलाई सहयोग गर्न अपिल गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लंघनका सम्पूर्ण उजुरीहरू आगामी फागुन २० गतेभित्र टुङ्ग्याइने जानकारी दिएका छन्। शुक्रबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचनको मौन अवधि सुरु हुनुअघि नै सबै उजुरीमाथि अन्तिम निर्णय गरिने बताए।

भण्डारीका अनुसार हालसम्म आचारसंहिता उल्लंघनसम्बन्धी करिब १ हजार उजुरीमाथि कारबाही भइसकेको छ भने केही गम्भीर प्रकरणमा सजायमुखी निर्णय समेत गरिएको छ। "आचारसंहिता कार्यान्वयनमा कुनै सम्झौता हुने छैन, यसका लागि अनुगमन संयन्त्रलाई थप सक्रिय बनाइएको छ," उनले भने।

यसैबीच, बीबीसीले प्रसारण गरेको डकुमेन्ट्रीका विषयमा सोधिएको प्रश्नमा भण्डारीले उक्त समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रयास भइरहेको बताए। उनले सबै राजनीतिक दल, उम्मेदवार र सरोकारवालालाई जिम्मेवार र संयमित बन्दै स्वच्छ र भयरहित वातावरणमा मतदान सम्पन्न गराउन सहयोग गर्न अपिल समेत गरेका छन्।

यो समाचारमा

काठमाडौँनिर्वाचन आयोग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुधन गुरुङबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

    काठमाडौँ।तत्कालीन गृहमन्त्री सुदन गुरुङमाथि लागेको अकुत सम्पत्तिको आरोपबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई आफ्नो प्रतिवेदन बुझाएको छ। जेठ १८ गते म्याद सकिएको समितिले पाँच दिनको थप समय लिएर प्रतिवेदन तयार पारेको हो।सम्पत्तिको स्रोत नखुलेको र अकुत सम्पत्ति जोडेको समाचार सार्वजनिक भएपछि गुरुङले गत वैशाख ९

    Data is loading...

    Loading brands...

    Loading footer...