पर्सा प्रहरीले मतदानस्थलमा सिसी क्यामेरा जडान गर्ने

Author

सजिलो पत्रिका

२०८२ फागुन ०९, शनिबार

9
Share
Featured

काठमाडौँ

जिल्ला प्रहरी कार्यालय पर्साले  प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई थप प्रभावकारी बनाउन जिल्लाका १६७ मतदानस्थलमा सिसी क्यामेरा जडान गर्ने भएको छ ।

प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरीबहादुर बस्नेतले निर्वाचनलाई सुरक्षित, निष्पक्ष तथा व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यले मतदानस्थलमा सिसी क्यामेरा जडान गरी निरन्तर निगरानी गरिने जानकारी दिनुभएको छ ।

कार्यालयले फागुन १७ गतेसम्म सबै मतदानस्थललाई सिसी क्यामेरा प्रणालीसँग जोड्ने तयारी गरिएको बताइएको छ ।

प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बस्नेतका अनुसार सिसी क्यामेरा जडानपछि मतदान प्रक्रियालाई थप सुरक्षित, पारदर्शी तथा मर्यादित बनाउन सहयोग पुग्ने दावी गर्नुभयो । सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति परिचालन, नियमित अनुगमन तथा सम्बन्धित निकायसँग समन्वयात्मककार्यलाई प्राथमिकतामा राखिएको र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै सरोकारवाला तथा आम नागरिकलाई सहयोगका लागि आग्रह गरिएको छ ।

यो समाचारमा

पर्साकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...