खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो

Author

सजिलो पत्रिका

२०८२ फागुन २५, सोमबार

22
Share
Featured

काठमाडौँ

प्रतिनिधिसभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको खोटाङमा समानुपातिकतर्फ पनि श्रम संस्कृति पार्टी पहिलो बनेको छ । प्रत्यक्षतर्फ १६ हजार ६१२ मतसहित आरेन राईलाई प्रतिनिधिसभा सदस्यमा विजयी गराएका मतदाताले जिल्लामा समानुपातिकतर्फ समेत श्रम संस्कृति पार्टीलाई नै बढी मत दिएका हुन् । 

समानुपातिकतर्फ कूल ६३ हजार २५७ मत खसेकामा श्रम संस्कृति पार्टीले १८ हजार १३७ मत प्राप्त गरेको छ । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) दोस्रो र नेपाली कांग्रेसले तेस्रो धेरै मत प्राप्त गरेको छ । 

नेकपा (एमाले) ले ११ हजार ३८५, कांग्रेसले १० हजार ७०५ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ आठ हजार ८७९ मत प्राप्त गर्दै चौथो बनेको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सात हजार २७४ र राष्ट्रिय परिवर्तन पार्टीले एक हजार २४४ मत प्राप्त गरेको छ । 

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टीश्रम संस्कृति पार्टीखोटाङकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...