‘संयुक्त निर्वाचन सञ्चालन’ केन्द्र उद्घाटन, समस्या तक्षणमै समाधान गरिने

Author

सजिलो पत्रिका

२०८२ माघ ११, आइतबार

14
Share
Featured
  • प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) उद्घाटन
  • निर्वाचनका क्रममा देखिने समस्या तक्षणमै पहिचान र समाधान गर्न केन्द्र पूर्ण तयारीमा
  • स्थानीय तहबाट समाधान नभएका विषयमा जेइओसीमार्फत आयोगले तत्काल निर्णय गर्ने व्यवस्था
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) उद्घाटन भएको छ ।

आइतबार एक कार्यक्रमकाबीच संयुक्त निर्वाचन सञ्चालन केन्द्र उद्घाटन गरिएको निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिएका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै भण्डारीले निर्वाचनका क्रममा उत्पन्न हुन सक्ने कुनै पनि समस्यालाई तक्षणमै पहिचान गरी समाधान गर्न केन्द्र पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताए ।

उनले निर्वाचन क्षेत्रमा समस्या आउन नदिन तल्लो तहका निर्वाचन अधिकारी, सुरक्षाकर्मी, मतदान अधिकृत तथा निर्वाचन अधिकृतहरू सक्रिय रूपमा परिचालित रहेको उल्लेख गरे । उनका अनुसार ती निकायबाट समाधान हुन नसकेका समस्याहरू संयुक्त निर्वाचन सञ्चालन केन्द्रमार्फत तत्काल समाधान गरिनेछ ।

उनले भने, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ संयुक्त निर्वाचन सञ्चालन केन्द्र उद्घाटन भएको छ । यसले कुनै पनि निर्वाचन क्षेत्रमा कुनै पनि समस्या आयो भने तक्षणमै पहिचान गरेर त्यो समस्याको समाधान गर्ने कार्यमा एकदम दत्तचित्त भएर लाग्छ । कुनै पनि समस्या हुनै नदिन निर्वाचन अधिकारीहरु, सुरक्षामा खटिएका कर्मचारीहरु र निर्वाचनमा खटिएका मतदान अधिकृत, निर्वाचन अधिकृत सबै साथिहरु त्यहाँ हुनुहुन्छ । उहाँहरुले समाधान गर्नु हुन्छ । यदी त्यहाँबाट समाधान हुन सकिएन भने संयुक्त निर्वाचन सञ्चालन केन्द्रले तुरुन्त समाधान गर्छ।’

भण्डारीले जेइओसीबाटै निर्णय आवश्यक पर्ने विषयमा आयोगलाई तुरुन्त जानकारी गराइने र प्राप्त सूचनाका आधारमा आयोगले वस्तुस्थिति बुझेर आवश्यक निर्णय गरी समस्या समाधान गर्ने बताए ।

उनले भने, ‘जेइओसीको बाट कुनै त्यस्तो आयोगबाट निर्णय गरेर समस्या समाधान गर्नुपर्ने विषय भयो भने तुरुन्तै आयोगलाई सूचना दिन्छ । त्यहीँ सूचनाको आधारमा त्यहाँ भएको वस्तुस्थिीलाई बुझेर समस्या समाधान गर्न आयोगले निर्णय गर्छ ।’

उनले संयुक्त निर्वाचन सञ्चालन केन्द्रले निर्वाचनलाई व्यवस्थित, सुरक्षित र निष्पक्ष बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...