नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार टुंगो लगायो

Author

सजिलो पत्रिका

२०८२ पुस २३, बुधबार

26
Share
Featured
  • नेपाली कांग्रेसले माघ ११ को राष्ट्रियसभा निर्वाचनका लागि विभिन्न प्रदेशबाट उम्मेदवार टुंगो लगायो।
  • केन्द्रीय कार्यसम्पादन समितिले केन्द्रीय संसदीय समितिद्वारा सिफारिस उम्मेदवारको मनोनयन अनुमोदन गर्‍यो।
  • समावेशी प्रतिनिधित्वलाई ध्यानमा राख्दै महिला, दलित तथा अपाङ्गता/अल्पसंख्यक समूहबाट उम्मेदवार चयन गरिएको।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि विभिन्न प्रदेशबाट उम्मेदवार टुंगो लगाएको छ ।

पार्टीका कार्यवाहक सभापति पूर्ण बहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय संसदीय समितिद्वारा सिफारिस गरिएका उम्मेदवारहरूको मनोनयन अनुमोदन गरेको हो ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा १८ अनुसार गरिएको मनोनयन नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३२(९) बमोजिम भएको पार्टीले जनाएको छ ।

पार्टीका अनुसार कोशी प्रदेशबाट सुनिलबहादुर थापा, मधेश प्रदेशबाट धमेन्द्र पासवान र रन्जित कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना उम्मेदवार चयन भएका छन् । त्यसैगरी लुम्बिनी प्रदेशबाट वासुदेव जंगली र चन्द्रबहादुर के.सी, कर्णाली प्रदेशबाट ललितजंग शाही तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती उम्मेदवार रहेका छन् ।

बैठकमा महामन्त्री गगन थापा, सहमहामन्त्रीहरू फरमूल्लाह मंसुर र महेन्द्र यादव, केन्द्रीय सदस्य विजयकुमार गच्छदार र अर्जुननरसिंह के.सी., पार्टी प्रवक्ता डा. प्रकाशशरण महत तथा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले धारणा राखेका थिए । नेपाली कांग्रेसले समावेशी प्रतिनिधित्वलाई ध्यानमा राख्दै महिला, दलित तथा अपाङ्गता÷अल्पसंख्यक समूहबाट उम्मेदवार चयन गरिएको जनाएको छ ।

यो समाचारमा

बागमती प्रदेशमधेश प्रदेशगगन थापाकोशी प्रदेश
ललितपुर11 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुधन गुरुङबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

    काठमाडौँ।तत्कालीन गृहमन्त्री सुदन गुरुङमाथि लागेको अकुत सम्पत्तिको आरोपबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई आफ्नो प्रतिवेदन बुझाएको छ। जेठ १८ गते म्याद सकिएको समितिले पाँच दिनको थप समय लिएर प्रतिवेदन तयार पारेको हो।सम्पत्तिको स्रोत नखुलेको र अकुत सम्पत्ति जोडेको समाचार सार्वजनिक भएपछि गुरुङले गत वैशाख ९

    Data is loading...

    Loading brands...

    Loading footer...