काठमाडौं महानगरको १८औँ नगरसभा अधिवेशन सम्पन्न, १८.४८ प्रतिशत बजेट खर्च

Author

सजिलो पत्रिका

२०८२ पुस ११, शुक्रबार

24
Share
Featured
  • काठमाडौं महानगरपालिकाको १८औँ नगर अधिवेशन सम्पन्न भएको छ, जहाँ उपमेयर सुनिता डंगोलले पूर्वाधार, फोहोर व्यवस्थापन, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत विकासमा प्रतिबद्धता व्यक्त गरिन्।
  • चालु आर्थिक वर्षको बजेट कुल २५ अर्ब ७६ करोड रुपैयाँको रहेको छ, जसमा २५ अर्ब ११ करोड संक्षिप्त कोषमा जम्मा हुने अनुमान छ।
  • पुस ९ गतेसम्म खर्चको अवस्था अनुसार कुल विनियोजनको १८.४८% खर्च भइसकेको छ, प्रमुखतया प्रशासनिक क्षेत्रमा बढी खर्च भएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौँ महानगरपालिकाको नगरसभाको १८औँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले निर्वाचित भएपछिको १८औँ नगर अधिवेशन भएको उल्लेख गर्दै नगरसभा सदस्यहरूलाई अधिवेशनलाई निरन्तरता दिन आग्रह गरिन् ।

उपमेयर डंगोलले काठमाडौं महानगरपालिका क्षेत्रभित्रका ऐतिहासिक, पुरातात्विक, मठमन्दिर, भाषा, धर्म, संस्कृति, भेषभूषा तथा सम्पदा स्थलहरूको जर्गेना गर्दै पूर्वाधार विकासलाई अघि बढाउन आफूहरू प्रतिबद्ध रहेको बताइन् । सडक, ढल, पुल निर्माण तथा मर्मतसम्भार, फोहोरमैला व्यवस्थापन, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत विकासका आवश्यकतामाथि निरन्तर सोचेर कार्यान्वयन गर्दै आएको उनको भनाइ थियो ।

उनले भनिन्, ‘आजको अधिवेशन हामी निर्वाचन भएपछिको १८ नगर अधिवेशन हो । यसलाई निरन्तरता दिन सम्पूर्ण नगरसभा सदस्यज्यूहरुलाई अनुरोध गर्दछु । हामी सबै निर्वाचित जनप्रतिनिधिहरु काठमाडौं महानगरपालिका क्षेत्रभित्रका ऐतिहासिक पुरातात्वत्तिक, मठमन्दिर, भाषा, धर्म, संस्कृति, भेषभूषा, सम्पदा स्थल लगायतको जर्गेना गर्दै यस क्षेत्र भित्रको पूर्वाधार निर्माण, सडक, ढल, पुल, मर्मत सम्हार, फोहोरमैला व्यवस्थापन स्वास्थ्य शिक्षा जस्ता आधारभूत विकासको आवश्यकताका बारेमा कुनै न कुनै प्रकारले सोच्ने र त्यसलाई कार्यान्वयन गर्नेतर्फ हामी प्रतिवद्ध रहेका छौं ।’

उनले जनताको सेवा गर्नु नै जनप्रतिनिधिको परम कर्तव्य भएको उल्लेख गर्दै जनतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरिएको बताइन् । चालु आर्थिक वर्षमै सम्पन्न भएका केही योजना तथा बहुवर्षीय योजनाका रूपमा कार्यान्वयन भइरहेका कार्यक्रमहरूले क्रमशः नतिजा दिन थालेको र बाँकीले समयक्रममा नतिजा दिने विश्वास व्यक्त गरिन् ।

उपमेयर डंगोलका अनुसार १७औँ अधिवेशनबाट आर्थिक वर्ष २०८२÷८३ का लागि संक्षिप्त कोषमा व्यय भार पर्ने २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ र अन्य व्यय भार ६५ करोड रुपैयाँ गरी कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट स्वीकृत भई कार्यान्वयनमा रहेको छ ।

चालु आर्थिक वर्षमा संक्षिप्त कोषमा २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ जम्मा हुने अनुमान गरिएको छ, जसमा आन्तरिक आय र बैंक मौज्दातबाट २० अर्ब १२ करोड ६४ लाख रुपैयाँ र बाँकी नेपाल सरकार तथा प्रदेश सरकारबाट सशर्त, समानीकरण र राजस्व बाँडफाँडमार्फत प्राप्त हुने अनुमान छ ।

चालु आर्थिक वर्षको पुस ९ गतेसम्म समग्र आय–व्ययको अवस्था अनुसार कुल ४ अर्ब ६४ करोड ३४ लाख ७१ हजार रुपैयाँ खर्च भएको छ, जुन कुल विनियोजनको १८.४८ प्रतिशत हो । खर्चको प्रतिशत हेर्दा चालु खर्च २८.४४ प्रतिशत र पूँजीगत खर्च १२.३९ प्रतिशत रहेको उपमेयर डंगोलले जानकारी गराइन् ।

क्षेत्रगत रूपमा पूर्वाधार विकासमा १४.०१ प्रतिशत, आर्थिक विकासमा १५.१५ प्रतिशत, सामाजिक विकासमा १६.२२ प्रतिशत र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १२.०६ प्रतिशत खर्च भएको उपमेयर डंगोलले जानकारी दिइन् । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा भने सबैभन्दा बढी ४५.९९ प्रतिशत खर्च भएको उनले बताइन् ।

यो समाचारमा

सुनिता डंगोलकाठमाडौँ महानगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    तोलामा २०० रूपैयाँले घट्यो सुन

    काठमाडौँ।स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ सय र चाँदी तोलामा ८५ रुपैयाँले घटेको हो।महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ३ लाख १ हजार १० रुपैयाँ कायम भएको छ। बुधबार प्रतितोला ३ लाख ११ हजार ३०० रूपैयाँ थियो।त्यसैगरी

    Data is loading...

    Loading brands...

    Loading footer...