'लौरो' चिह्न लिएर बालेन दलीय राजनीतिमा, खोले 'देश विकास पार्टी'

Author

सजिलो पत्रिका

२०८२ पुस ११, शुक्रबार

11
Share
Featured
  • काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले औपचारिक रूपमा दलीय राजनीतिमा प्रवेश गरेको घोषणा गरेका छन्।
  • उनले ‘देश विकास पार्टी’ नामक दल निर्वाचन आयोगमा दर्ता गरिसकेका छन्, जसको चुनाव चिह्न ‘लौरो’ रहेको छ, र ललितपुरको ज्वागलमा पार्टी कार्यालय स्थापना गरिएको छ।
  • अन्य दलसँग सहकार्य सम्भव नभए आफ्नै पार्टीबाट अघि बढ्ने निष्कर्षसहित बालेन पार्टी गतिविधि सञ्चालन र राजनीतिक छलफलमा सक्रिय भएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफू औपचारिक रूपमा दलीय राजनीतिमा प्रवेश गरेको घोषणा गरेका छन् । बिहीबार विभिन्न राजनीतिक दल र 'जेनजी' का प्रतिनिधिसँगको छलफलमा उनले यस्तो बताएका हुन् ।

दलीय राजनीतिमा होमिने निर्णयसँगै बालेनले ललितपुरको ज्वागलमा पार्टी कार्यालयसमेत स्थापना गरिसकेका छन् । उनले 'देश विकास पार्टी' नामक दल निर्वाचन आयोगमा दर्ता गराएका छन्, जसको चुनाव चिह्न 'लौरो' रहेको छ । बालेनले गत स्थानीय तहको निर्वाचनमा पनि यही चिह्नबाट चुनाव जितेका थिए ।

रास्वपा र उज्यालो नेपाल पार्टीसँग सहकार्यको प्रयास सकारात्मक नभए आफ्नै पार्टीबाट अघि बढ्ने निष्कर्षमा बालेन पुगेका हुन् । बिहीबार दिनभर उनी ज्वागलस्थित पार्टी कार्यालय र निकट सहयोगीको घरमा राजनीतिक छलफलमा व्यस्त थिए । अब पार्टीका सबै गतिविधि सोही कार्यालयबाट सञ्चालन हुने बालेन निकट स्रोतले जनाएको छ ।

यो समाचारमा

बालेन्द्र शाह (बालेन)निर्वाचन आयोगललितपुरकाठमाडौँ महानगरपालिका
काठमाडौँ5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुधन गुरुङबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

    काठमाडौँ।तत्कालीन गृहमन्त्री सुदन गुरुङमाथि लागेको अकुत सम्पत्तिको आरोपबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई आफ्नो प्रतिवेदन बुझाएको छ। जेठ १८ गते म्याद सकिएको समितिले पाँच दिनको थप समय लिएर प्रतिवेदन तयार पारेको हो।सम्पत्तिको स्रोत नखुलेको र अकुत सम्पत्ति जोडेको समाचार सार्वजनिक भएपछि गुरुङले गत वैशाख ९

    Data is loading...

    Loading brands...

    Loading footer...