किन असन्तुष्ट छ 'जेनजी' को मिराज समूह? यस्ता छन् १० बुँदे माग

Author

सजिलो पत्रिका

२०८२ पुस ०७, सोमबार

14
Share
Featured
  • मिराज ढुंगाना नेतृत्वको 'जेनजी' समूहले आज (सोमबार) माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दैछ।
  • समूहले सरकारले 'जेनजी' आन्दोलनको माग अनुसार काम नगरेको आरोप लगाउँदै शान्तिपूर्ण आन्दोलनको घोषणा गरेको छ।
  • आन्दोलन १० बुँदे मागसहित आयोजना गरिएको छ र ढुंगानाले सर्वपक्षीय सरकार गठनको आवश्यकता औँल्याएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

'जेनजी' अभियन्ता मिराज ढुंगाना नेतृत्वको समूहले आज (सोमबार) काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दैछ । सुशीला कार्की नेतृत्वको सरकारले 'जेनजी' आन्दोलनको मर्मअनुसार काम गर्न नसकेको भन्दै उनीहरूले 'शान्तिपूर्ण आन्दोलन' को घोषणा गरेका हुन् ।

ढुंगाना समूहले आज बिहान ११ बजे माइतीघरमा भेला हुन आफ्ना समर्थकहरूलाई आह्वान गरेको छ । सामाजिक सञ्जालमार्फत ढुंगानाले १० बुँदे मागसहित आन्दोलन सुरु गर्न लागिएको र यो पूर्ण रूपमा शान्तिपूर्ण रहने बताएका छन् ।

आइतबार पत्रकार सम्मेलन गर्दै ढुंगानाले वर्तमान सरकार असफल भएको आरोप लगाउँदै अब सर्वपक्षीय सरकार गठन गर्नुपर्ने माग राखेका थिए ।


यो समाचारमा

सुशीला कार्कीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    त्रिभुवन विमानस्थलमा अवतरण गरेको जहाजमा वृद्ध मृत फेला

    काठमाडौँ।अमेरिकाबाट नेपाल फर्किँदै गरेका गोरखाका ७३ वर्षीय श्यामहरि महरहट्टाको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जहाजभित्रै मृत्यु भएको छ। टर्किस एयरलाइन्सको जहाजमार्फत आज बिहान काठमाडौं आइपुगेका उनी जहाजभित्रै अचेत अवस्थामा फेला परेका थिए।विमानस्थल कार्यालयका प्रवक्ता सञ्जय कुमारका अनुसार अचेत भेटिएका महरहट्टालाई तत्काल उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका

    Data is loading...

    Loading brands...

    Loading footer...