कुलमान घिसिङप्रति प्रचण्डको आक्रोश: 'जुन थालमा खायो, त्यसैमा प्वाल पार्न खोजे'

Author

सजिलो पत्रिका

२०८२ मंसिर २८, आइतबार

29
Share
Featured
  • नेकपा संयोजक प्रचण्डले कुलमान घिसिङले लोडसेडिङ अन्त्यको श्रेय एक्लै लिन खोजेको आरोप लगाउँदै कडा आलोचना गरेका छन्।
  • उनले लोडसेडिङमुक्त नेपाल बनाउने निर्णय आफ्नो दोस्रो प्रधानमन्त्रीकालमा सरकारले लिएको दाबी गरे।
  • घिसिङलाई आफूले नै दुई पटक नियुक्त गरेको स्मरण गराउँदै ‘बैगुनी व्यवहार’ प्रति जनता पनि सहनशील नहुने चेतावनी दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङप्रति चर्को आक्रोश व्यक्त गरेका छन् । उनले घिसिङलाई 'बैगुनी' को संज्ञा दिँदै लोडसेडिङ अन्त्यको श्रेय एक्लै लिन खोजेको आरोप लगाएका हुन् ।

शनिबार वीरेन्द्रनगरमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले आफ्नो दोस्रो प्रधानमन्त्रीत्वकालमा सरकारले नै लोडसेडिङमुक्त नेपाल बनाउने ऐतिहासिक निर्णय लिएको दाबी गरे ।

कुलमान घिसिङप्रति आक्रामक हुँदै उनले भने, "अहिले कुलमान घिसिङले कुन विष खाएर, जुन थालमा खायो त्यसैमा प्वाल पार्न खोजिरहेका छन् । तिनले त्यसो नगरून्, बुद्धि फिरोस् भन्न चाहन्छु ।"
प्रचण्डले घिसिङलाई प्राधिकरणमा दुई-दुई पटक आफूले नै नियुक्त गरेको स्मरण गराउँदै अहिले सबै बिर्सेर बोल्नु लाजमर्दो भएको टिप्पणी गरे । "यस्तो बैगुनी भएर तिनले पार पाउने छैनन् । नेपाली जनताले पनि यस्तो व्यवहारलाई धेरै माफी दिने छैनन्," उनले चेतावनी दिँदै भने ।

यो समाचारमा

नेपाल विद्युत प्राधिकरणकाठमाडौँकुलमान घिसिङपुष्पकमल दाहाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वातावरण संरक्षणमा सबैको साझा प्रयास आवश्यक- मुख्यमन्त्री कार्की

    काठमाडौँ।विश्व वातावरण दिवस (जुन ५) को अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जलवायु परिवर्तनका कारण प्रदेशमा देखिएकागम्भीर चुनौतीप्रति चिन्ता व्यक्त गरेका छन्। शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै उनले हिमालदेखि तराईसम्म फैलिएको कोशी प्रदेशले जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेको उल्लेख गरे।मुख्यमन्त्री कार्कीले हिउँ पग्लने दर बढ्नु, हिमताल विस्फोटको जोखिम,

    Data is loading...

    Loading brands...

    Loading footer...