रानीसैन क्षेत्रको जडीबुटी दोहन नियन्त्रणका लागि तिमिल्सेनाद्वारा सुरक्षा व्यवस्थाको माग

Author

सजिलो पत्रिका

२०८२ मंसिर २१, आइतबार

14
Share
Featured
  • बाजुराको रानीसैन क्षेत्रको बहुमुल्य जडीबुटी दोहन रोक्न सुरक्षा व्यवस्थाको माग गरिएको छ, जसमा अस्थायी प्रहरी चौकी स्थापना, नियमित गस्ती र मोबाइल टोली परिचालन समावेश छ।
  • मागकर्ताले वन कार्यालय, प्रहरी र स्थानीय सरकारको संयुक्त अनुगमन टोली खटाउन, अवैध तस्करी नियन्त्रण गर्न र प्राकृतिक स्रोतको दिगो व्यवस्थापन गर्न आग्रह गरेका छन्।
  • रानीसैन पर्यटन, जडीबुटी, कृषि र पशुपालन क्षेत्रमा ठूलो सम्भावना बोकेको हुँदा यस क्षेत्रको संरक्षण र आर्थिक प्रवद्र्धनमा सुरक्षा र प्रशासनिक संरचनाको सशक्त उपस्थिति आवश्यक रहेको बताइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बाजुराको मनमोहक अथाह सम्भावना बोकेको पर्यटकीय क्षेत्र रानीसैनको जडीबुटी दोहन नियन्त्रणका लागि सुरक्षा व्यवस्थाको माग गरिएको छ ।

हिमाली गाउँपालिका–३ स्थित रानीसैन क्षेत्र गम्भीर सुरक्षा चुनौतीको अवस्थाबाट गुज्रिरहेको त्यहाँको जडिबुटी उत्खनन् कार्यलाई नियन्त्रण गर्न सुरक्षा व्यवस्थाको माग गरिएको हो ।

बाजुरेली युवा धर्मराज तिमिल्सेनाले सुरक्षा व्यवस्थाका साथै अस्थायी प्रहरी चौकी स्थापना गर्न विभिन्न मागसहित गृहमन्त्री ओमप्रकाश अर्याल समक्ष निवेदन पेस गरेका छन् ।

रानीसैन क्षेत्र बहुमुल्य हिमाली तथा उच्च औंषधीय महत्त्वका जडीबुटीको प्रमुख स्रोत रहेकाले सुरक्षा व्यवस्थाको निकै आवश्यक देखिन्छ । यहाँको जडीबुटी दोहन रोक्नको लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन बाजुरेली युवा तिमिल्सेनाले गृहमन्त्री समक्ष आग्रह गरेका हुन् ।

उनले हरेक समय बाजुराका समस्या, सम्भावना तथा चुनौतीका बिषयमा सवाल उठान गर्दै आएका छन् । पछिल्लो समय रानीसैन क्षेत्रमा जथाभावी दोहन, अवैध जडिबुटी संकलन, तस्करी समुहको चहलपहल, वन तथा जैविक स्रोत विनाश, प्रशासन तथा सुरक्षाको न्यून उपस्थिति जस्ता समस्याहरु तिब्र गतिमा भइरहेकाले यी समस्या समाधानका लागी रानिसैनको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाईदिन तिमिल्सेनाले विभिन्न माग सहित गृहमन्त्री समक्ष आग्रह गरेका छन् । 

विभिन्न नकारात्मक कार्यले राष्ट्रिय सम्पदा नै जोखिममा पर्नुका साथै राजस्वमा क्षति, वातावरणीय दिगोपनामा नकारात्मक प्रभाव र स्थानीय अर्थतन्त्र कमजोर हुने अवस्था सिर्जना भएपछि सुरक्षा व्यवस्थाको माग गरेको तिमिल्सेनाले बताए ।

उनका अनुसार, राष्ट्रिय हित, स्थानीय सुरक्षा, स्रोत साधनको संरक्षण, सामाजिक स्थायित्व,तथा राज्यको सुशासनमैत्री ढंगले विस्तार गर्ने उदेश्य सहित गृहमन्त्री समक्ष सुरक्षा व्यवस्थाको माग गरिएको तिमिल्सेनाको भनाइ छ ।

उनले रानिसैनको जडीबुटी दोहन तथा अवैध संकलन रोकथामका लागी प्रहरी,वन कार्यालय,र स्थानीय सरकारको संयुक्त विशेष अनुगमन टोली खट्ने व्यवस्थाको माग गरेका छन्।त्यस्तै जोखिमयुक्त क्षेत्रमा नियमित सुरक्षा गस्ती, अनुगमन कार्यालय तथा प्राकृतिक स्रोत संरक्षण कार्यक्रम सञ्चालन सम्बन्धी निर्देशन जारी,बहुमुल्य जडिबुटीको दिगो बैज्ञानिक व्यवस्थापन,राजस्व संकलन तथा बजार व्यवस्थापनका लागी उच्च स्तरिय नितिगत व्यवस्थाको माग राखेका छन् । 

साथै सिमाबाट हुने अवैध तस्करी नियन्त्रण गर्न समन्वित सिमा सुरक्षा योजनाको समेत माग गरेका छन् । श्रम पर्यटन, जडिबुटी, कृषि तथा पशुपालनसम्बन्धी सम्भावनायुक्त क्षेत्रको सुरक्षा,समर्थित विकास योजनालाई प्राथामिकता,नागरिकलाई राज्यको शसक्त उपस्थित अनुभुत हुनेगरि प्रशासनिक तथा सुरक्षात्मक संरचना विस्तार गर्न सम्बन्धित निकायलाई निर्देशन दिन समेत माग गरिएको छ ।

त्यस्तै स्थानीय बस्ती नजिकै अस्थायी चौकी स्थापना गरि आवश्यक व्यवस्थाको माग सहित आकस्मिक घटना, आपराधिक गतिविधि, पारिवारिक तथा सामाजिक विवाद,चोरी,तस्करी नियन्त्रणका लागि नियमित गस्तीमा साथै भौगोलिक कठिनाईलाई मध्यनजर गरि मोबाईल गस्ती टोलि,तत्काल रेस्पोन्स तथा स्थायी चौकी स्थापना सम्भाव्यता अध्ययन सञ्चालनको लागी माग गरिएको हो।

रानीसैन क्षेत्र प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले यस क्षेत्रको पर्यटन,प्रबद्र्धन तथा संरक्षण,सम्बद्र्धन गरि आर्थिक टेवा पुर्याउन उल्लेखित माग कार्यान्वनको लागी पहल गरिदिन तिमिल्सेनाले गृहमन्त्रीलाई सादर अनुरोध समेत गरेका छन्।रानीसैन समुन्द्री सतहबाट ३ हजार ५ सय ७८ को उचाईमा अवस्थित छ।

पर्यटकीय क्षेत्र संगै बहुमुल्य जडीबुटीको धनी रानिसैन पछिल्लो समय पर्यटकको प्रमुख गन्तव्य बन्दै गएको छ । यो क्षेत्र जडिबुटीको भण्डार हो। बहुमुल्य जडिबुटी यार्सागुम्बा,जटामसी,बुकि,पदमचाल,पाँचऔले,सेतो चिनि,विस,लगायत चिजबिज पाईन्छन्। फुलै फुलले टम्म परेको रंगिन फाँट,सेताम्य हिउँको तन्नामा सुतिरहेको हिमाल,हिमालबाट खस्ने हिउँ पहिरोको गड्याङगडुङले रानीसैन प्रख्यात छ।

यो समाचारमा

बाजुराकाठमाडौँहिमाली गाउँपालिकाओमप्रकाश अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    साइबर ठगी नियन्त्रण र डिजिटल साक्षरता अभियान चलाउन सांसद रञ्जु न्यौपानेको माग

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) की सांसद रञ्जु न्यौपानेले मुलुकमा बढ्दै गएको साइबर अपराध र प्रविधिमार्फत हुने वित्तीय ठगीप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सामाजिक सञ्जाल ह्याक गरी सर्वसाधारणको रकम लुट्ने गिरोहलाई तत्काल कारबाही गर्न माग गरिन्।सांसद न्यौपानेले ह्वाट्सएप ह्याक गरी आफन्तबाट पैसा असुलिएका र बैंक खाताबाट

    Data is loading...

    Loading brands...

    Loading footer...