नार खोला जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन सम्पन्न, कुमारी बैंकको अगुवाइमा ५ बैंकले लगानी गर्ने

Author

सजिलो पत्रिका

२०८२ मंसिर १५, सोमबार

14
Share
Featured
  • सिंगटी हाइड्रोको मुख्य लगानीमा मनाङमा ६१ मेगावाटको नार खोला जलविद्युत आयोजना निर्माणका लागि कुमारी बैंक नेतृत्वमा विभिन्न बैंकहरूसँग वित्तीय ऋण सम्झौता सम्पन्न भयो।
  • नार खोला र सोती खोलालाई एकीकृत गरी बनाइने परियोजनाको लागत १२.८४ अर्ब रुपैयाँ रहेको छ, जसमा ९.६३ अर्ब बैंक कर्जा र बाँकी स्वपुँजी हुनेछ।
  • वार्षिक ३६६.४८ GWh विद्युत उत्पादन गर्ने यो आयोजना ३ वर्षभित्र उत्पादन सुरु गरी धारापानी सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सिंगटी हाइड्रोको मुख्य लगानीमा मनाङमा ६१ मेगावाटको नार खोला जलविद्युत आयोजना निर्माणका लागि वित्तिय ऋण लगानी सम्झौता  सम्पन्न भएको छ । सोमबार आयोजित एक कार्यक्रममा नार खोला हाइड्रो इनर्जी प्रा.ली.का अध्यक्ष बटु लामिछाने र कुमारी बैंक लिमिटेडका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले  संयुक्त रुपमा हस्ताक्षर गर्दै वित्तिय व्यवस्थापन टुंगाएका हुन् ।  

मनाङ्स्थित  नार्पा भुमी गाउँपालिकानासोँ गाउँपालिकामा रहेको नार खोला र सोती खोलाको पानीलाई एकिकृत गरि ६१.११ मेगावाटको जलविद्युत आयोजना निर्माण प्रकृया अघि बढाइएको हो । आयोजनाको प्रबद्र्धक कम्पनि नारखोला हाइड्रो इनर्जी प्रा.लि. ले आयोजना निर्माणका लागि सबै प्रकृया पूरा भएको जनाएको छ ।

नेपाल विद्युत प्राधिकरण सँग यस अघि नै विद्युत खरिद सम्झौता पिपिए भैसकेको उक्त आयोजनामा कुमारी बैंकको अगुवाईमा नेपाल एसबीआई बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड , एएनआइसि एसिया बैंक र मुक्तिनाथ विकास बैंकले लगानी गर्ने गरी आर्थिक व्यवस्थापन  टुंगिएर आज सोमबार हस्ताक्षर भएको हो ।  

नारखोला जलविद्युत आयोजनाको ग्रेस हेड ५८८.८२ मिटर रहने र बार्षिक  ३६६.४८ गिगावाट विद्युत उत्पादन  हुनेछ । आयोजनाको हेडरेस टनेल लगभग  ८ किलोमिटर  रहेको छ । आयोजनाको बाँध तथा हेडवक्सका संरचनाहरु नार्पा भुमि गाउँपालिकामा हुने र उक्त बाँधस्थलबाट सुरुङमार्ग हुँदै नासोङ गाउँपालिकामा रहने विद्युत गृहमा  नार्पा भुमि र नासोङ गाउँपालिका हुँदै आएको सुरुङमार्ग मार्फत पेनस्टक पाईपको प्रयोग गरि बिद्युत गृहमा पानी पठाई बिजुली उत्पादन गरिने छ ।

आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको मनाङस्थित निर्माणाधीन धारापानी सवस्टेशनमा जोडिने छ । आयोजनाको कुल लागत १२ अर्ब ८४ करोड रहेको जसमा बैंकको कर्जा  ९ अर्ब ६३ करोड र स्वपुजी ३ अर्ब २१ करोड रहेको छ जसमा सिंगटी हाईड्रो ईनर्जी लिमिटेडको मुख्य लगानी रहने कम्पनीले जनाएको छ । आयोजनाले ३ वर्ष भित्र विद्युत उत्पादन गरि नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारणमा जोड्ने तयारी गरेको छ ।

यो समाचारमा

काठमाडौँनेपाल एसबीआई बैंक लिमिटेडनार्पा भुमी गाउँपालिकानासोँ गाउँपालिका
कृषि विकास बैंक लिमिटेड8 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सम्पत्ति छानबिन आयोगलाई केपी ओलीको चुनौती- 'बयान पनि दिन्नँ, विवरण पनि बुझाउँदिनँ'

    काठमाडौँ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले सरकारद्वारा गठित 'सम्पत्ति जाँचबुझ तथा छानबिन आयोग' लाई बयान नदिने र सम्पत्ति विवरण पनि नबुझाउने घोषणा गरेका छन्। पार्टीको एक कार्यक्रममा बोल्दै ओलीले आयोगलाई मान्यता नदिने चेतावनी दिँदै भने, "अरू कसैले बयान दिए पनि मचाहिँ दिन्नँ, विवरण पनि भरेर पठाउँदिनँ।

    Data is loading...

    Loading brands...

    Loading footer...