पृथ्वी राजमार्ग दैनिक चार घण्टा बन्द हुने

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०६, शनिबार

10
Share
Featured
  • पोखराको विजयपुर खोलामा बनिरहेको पुलका कामका कारण आजदेखि मंसिर ११ सम्म पृथ्वी राजमार्ग बिहान ६–८ र दिउँसो १२–२ बन्द हुनेछ।
  • बन्द समयमा सवारीका लागि वैकल्पिक रुट तोकिएका छन्—साना सवारीका लागि बुढीबजार–बेलचौतारा–चाउथे र ठूला सवारीका लागि पावरहाउस चोक–बागमारा–बिरौटा।
  • मुग्लिन–पोखरा सडक स्तरोन्नतिको पश्चिम खण्डमा ६०% काम पूर्ण, १२ मध्ये ११ पुल निर्माण सकिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पृथ्वी राजमार्ग अन्तर्गत पोखराको विजयपुर खोलामा निर्माणाधीन पुलको काम गर्नका लागि आजदेखि मंसिर ११ गतेसम्म सडक दैनिक चार घण्टा बन्द हुने भएको छ ।

मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) का अनुसार, पुलमा ‘ग्रीडर लन्चिङ’ गर्नुपर्ने भएकाले हरेक दिन बिहान ६ बजेदेखि ८ बजेसम्म र दिउँसो १२ बजेदेखि २ बजेसम्म राजमार्ग बन्द गरिनेछ ।

योजनाले पोखरा भित्रिने र बाहिरिने सवारी साधनलाई यो समयमा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । दुई पाङ्ग्रे तथा साना सवारीका लागि बुढीबजार–बेलचौतारा–चाउथे रुट र ठूला सवारीका लागि लेखनाथको पावरहाउस चोक–बागमारा–बिरौटा रुट तोकिएको छ ।

मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा हालसम्म करिब ६० प्रतिशत भौतिक प्रगति भएको छ । यस खण्डमा पर्ने १२ मध्ये ११ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कालापानी र सुस्तामा मात्रै नक्सांकन बाँकी छ- परराष्ट्रमन्त्री खनाल

    काठमाडौँ।परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच कालापानी क्षेत्र र सुस्तामा मात्रै नक्सांकन गर्न बाँकी रहेको बताएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री खनालले सुस्ता, लिम्पियाधुरा, कालापानी र लिपुलेक बाहेकका अधिकांश क्षेत्रमा सीमा सम्बन्धी काम भइसकेको जानकारी दिए।प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को हालैको अभिव्यक्ति र भारत भ्रमणबारे प्रष्टीकरण दिँदै मन्त्री खनालले

    Data is loading...

    Loading brands...

    Loading footer...