सरकार र मेलम्चीका स्थानीयबीचको वार्ता निष्कर्षविहिन,पत्यकामा पानी आउने अनिश्चितता

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २५, मङ्गलबार

9
Share
Featured

काठमाडौँ । सरकार र मेलम्चीका स्थानीयबीच अझै सहमति जुट्न सकेको छैन । मंगलबार खानेपानी मन्त्रालयमा भएको वार्तामा कुनै निष्कर्ष ननिस्किएपछि काठमाडौं उपत्यकामा पानी आउने अनिश्चितता बढेको हो ।

गत बिहीबारदेखि स्थानीयले मेलम्चीको पानी काठमाडौं पठाउन दिएका छैनन् । उनीहरूले सरकारसँग विगतमा भएका माग पूरा हुनुपर्ने माग राखेका छन् ।

नेपाली कांग्रेस हेलम्बुका सचिव राजकुमार भण्डारीका अनुसार, अहिलेसम्म कुनै सहमति जुट्न सकेको छैन ।

“सोमबारको वार्ता निष्कर्षविहीन बनेको थियो । आज केही पनि भएको छैन । हामीले अब हेलम्बु मुहानमै गएर बस्ने तयारी र छलफल गरेका छौँ,” उनले भने ।

गत आइतबार प्रधानमन्त्री शुशीला कार्कीले मेलम्ची खानेपानीको अवरोध हटाउन पहल गर्न निर्देशन दिएकी थिइन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्यालेन्जे ह्योल्मोलाई भेटेर अवरोध हटाउन पहल गरिदिन अनुरोध गरेका थिए ।


यो समाचारमा

कुलमान घिसिङकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाँदर आतंकको विषय उठाउने सांसद राईमाथि प्रहरीमा उजुरी

    काठमाडौँ।भोजपुरबाट निर्वाचित प्रतिनिधि सभा सदस्य ध्रुवराज राईविरुद्ध ६ सय वटा बाँदर मारेको अभियोगमा प्रहरीमा उजुरी परेको छ। ललितपुरस्थित ‘स्नेहाज केयर’ का रूपक कोइरालाले राईले एक अन्तर्वार्तामा बाँदर मारेको स्वीकार गरेको दाबी गर्दै जिल्ला प्रहरी कार्यालय भोजपुरमा जाहेरी दिएका हुन्।जाहेरीमा राईले टेम्केमैयुङ गाउँपालिकाको अध्यक्ष हुँदा बाँदर मारेको र यो कार्य राष्ट्रिय

    Data is loading...

    Loading brands...

    Loading footer...