मेलेसियाले तोकेको मापदण्डले कामदारलाई मर्कामा पारेको छ : अध्यक्ष भण्डारी

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १७, सोमबार

9
Share
Featured
  • नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीले मलेसियाले नेपाल सरकारलाई पठाएको १० बुँदे मापदण्ड कामदारको हितमा नभएको बताएका छन्।
  • मापदण्डले प्रतिष्ठित एजेन्सीहरूलाई मात्र कामदार पठाउन अनुमति दिने गरी सिन्डिकेट गर्ने प्रयास भएको र त्यसको विरोध गरिएको भण्डारीले बताए।
  • मापदण्डले कामदारलाई मर्कामा पार्ने र नेपालको कानूनको मजाक बनाउने भएकाले तत्काल खारेज गर्नुपर्ने माग राखिएको छ।
  • भण्डारीले नेपाल सरकारले यस मापदण्डप्रति गम्भीर भएर ध्यान दिनुपर्ने र यसलाई विरोध गर्दै आएको जानकारी दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघको निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीले मलेसियाले नेपाल सरकारलाई पठाएको १० बुँदे मापदण्ड विरुद्ध नेपाल सरकारको ध्यानाकर्षण गराउन खोजेको बताएका छन् ।  

सोमबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले मलेसियाले नेपाल सरकारलाई पठाएको १० बुँदे मापदण्ड कामदारहरुको हकमा नभएको भन्दै यसलाई सरकारले गम्भिर भएर हेर्नु पर्ने बताए ।

उनले भने, ‘पछिल्लो पटक मलेसियाले नेपाल सरकारलाई यहाँको जतिपनि प्रतिष्ठित एजेन्सीहरु छन् ती एजेन्सीहरुलाई १० बुँदे एउटा मापदण्ड बनाएर पठाएको छ । त्यसले वैदेशिक रोजगारमा जाने कामदारको हितमा भन्दा एजेन्सीहरुसँग कुरा मिलाएर कामदारहरु त्यही एजेन्सीबाट मात्र पठाउने गरि सिन्डिकेट गर्ने जुन रणनीतिका साथ आएको छ त्यसको हामीले विरोध गरेका छौ । त्यसकारणले नेपाल सरकारले मलेसियाको जुन किसिमको १० बुँदे मापदण्डसहितको नोट छ त्यसमा सरकारको ध्यानाकर्षण गराउदैँ छौ ।’

यस्तै, उनले मेलेसियाले तोकेको मापदण्डले कामदारलाई मर्कामा पार्ने र नेपालको कानूनको मजाक बनाउने भएको हुनाले यो सिन्डिकेटको विरोध गरेको भन्दै यसलाई अहिले नै खारेज गर्नुपर्ने बताए ।

उनले भने, ‘यसले कामदारलाई मर्कामा पार्ने र नेपालको कानूनको मजाक बनाउने भएको हुनाले यो सिन्डिकेटको विरोध गरेका हौ । मेलेसियाले तोकेको जुन मापदण्डको कुरा छ त्यो अहिले नै खारेज गर्नुपर्छ भन्ने हाम्रो कुरा हो ।’

यो समाचारमा

मलेसियाकाठमाडौँनेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    अण्डाको मूल्य पुनः वृद्धि

    काठमाडौँ।नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनः बढाएको छ। सङ्घको बैठकले आजैदेखि लागू हुने गरी नयाँ दररेट तय गरेको हो, जसअनुसार एक्सएल (XL) अण्डाको मूल्य प्रतिक्रेट ५६० रुपैयाँ पुगेको छ।नयाँ मूल्यसूची अनुसार ठूलो अण्डा प्रतिक्रेट ५४५ रुपैयाँ, मध्यम ५१५ रुपैयाँ र सानो अण्डा प्रतिपेटी तीन हजार रुपैयाँ कायम

    Data is loading...

    Loading brands...

    Loading footer...