युनाइटेड नेपाली डायस्पोराको सम्मेलन दक्षिण कोरियामा हुने

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १७, सोमबार

4
Share
Featured
  • गैरआवासीय नेपाली संघबाट अलग बनेको युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (यूएनडिओ) को बार्षिक साधारणसभा दक्षिण कोरियामा आयोजना हुने भएको छ।
  • सभापति सोनाम लामाको अध्यक्षतामा ८ औँ बैठक बसेर बार्षिक साधारणसभा र अन्य निर्णयहरू पारित गरिएको हो।
  • डिसेम्बर २०–२१, २०२५ मा एमआइटी फाउन्डेसनसँगको साझेदारीमा एक दिने सम्मेलन आयोजना गर्ने निर्णय भएको छ। साधारणसभा बिधान, बजेट, स्रोत विकास, विश्वव्यापिकरण योजना, विभिन्न प्रोजेक्ट र सम्मेलनका मुख्य एजेन्डामा केन्द्रित हुनेछ।
  • सम्पूर्ण पंजीकृत सदस्य र सो दिनसम्म सदस्यता लिएका सबैले प्रतिनिधित्व गर्न पाउनेछन्। एसियाली क्षेत्रीय संयोजक लक्ष्मी गुरुङलाई सम्मेलन संयोजकको जिम्मेवारी दिइएको छ।
समाचार सारांशGenerated using AI.

गैर आवासीय नेपाली संघ(एनआरएनए)बाट अलग भएर खुलेको युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन(यूएनडिओ)को बार्षिक साधारण सभा दक्षिण कोरियामा हुने भएको छ ।

 सभापति सोनाम लामाको अध्यक्षतामा ८ औं बैठक बसेर बार्षिक साधारणसभा सहित विभिन्न निर्णयहरु पारित गरेको हो । 

बैठकले आगामी बार्षिक साधारणसभा र एमआइटी फाउन्डेसन सँगको साझेदारीमा आयोजित एक दिने सम्मेलन डिसेम्बर २०–२१, २०२५ मा दक्षिण कोरियामा आयोजना गर्ने निर्णय गरेको छ। साधारणसभा बिशेष गरेर सँस्थाको बिधान, बजेट, श्रोत बिकास, विश्व ब्यापिकरणको योजना, विभिन्न प्रोजेक्टहरु र एक दिने सम्मेलनका मुख्य एजेन्डामा केन्द्रित रहेन छ। 

सँस्थाको बार्षिक साधारणसभा नेपालमा नै गर्नुपर्ने प्रचलन भएता पनि यो बर्ष संस्था बिकासका सुरुवातीको बर्ष, विश्व ब्यापिकरणको जिम्मेवारी समेत जोडिएकाले डिसेम्बर २०, २०२५ शनिबारका दिन दक्षिण कोरियामा गर्ने निर्णय गरिएको हो ।

सभा र सम्मेलनको संयोजन सम्बन्धित क्षेत्रका क्षेत्रीय संयोजक (आरसी) ले गर्ने प्रचलन अनुसार सातौँ बैठकले एसियाकी आरसी लक्ष्मी गुरुङलाइ संयोजकको जिम्मेवारी दिने निर्णय गरेको थियो। साधारणसभामा सम्पूर्ण पंजीकृत सदस्यहरु र सोहि दिनसम्म सदस्यता लिनु भएका सबै सदस्यहरुले प्रतिनिधि हुन पाउनेछन् ।

यो समाचारमा

दक्षिण कोरियानेपालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाँदर आतंकको विषय उठाउने सांसद राईमाथि प्रहरीमा उजुरी

    काठमाडौँ।भोजपुरबाट निर्वाचित प्रतिनिधि सभा सदस्य ध्रुवराज राईविरुद्ध ६ सय वटा बाँदर मारेको अभियोगमा प्रहरीमा उजुरी परेको छ। ललितपुरस्थित ‘स्नेहाज केयर’ का रूपक कोइरालाले राईले एक अन्तर्वार्तामा बाँदर मारेको स्वीकार गरेको दाबी गर्दै जिल्ला प्रहरी कार्यालय भोजपुरमा जाहेरी दिएका हुन्।जाहेरीमा राईले टेम्केमैयुङ गाउँपालिकाको अध्यक्ष हुँदा बाँदर मारेको र यो कार्य राष्ट्रिय

    Data is loading...

    Loading brands...

    Loading footer...