काठमाडौँ
होनर र बी वाइ डी अटोले भविष्यको ‘कनेक्टेड मोबिलिटी’ पुनःपरिभाषित गर्ने लक्ष्यका साथ एक रणनीतिक साझेदारी गरेका छन्। यस सहकार्यले होनरको एआई प्रविधि आधारित कनेक्टिभिटी समाधान र बाईडिको डिलिंक बुद्धिमान प्रणालीलाई संयोजन गर्दै स्मार्टफोन र सवारीसाधनबीच निर्बाध एकीकरण ल्याउने उद्देश्य राखेको छ। दुबै कम्पनीले एआई सक्षम, मानव–केन्द्रित मोबिलिटी अनुभव विकास गर्ने योजना बनाएका छन्।
यस साझेदारीका तीन प्रमुख विकास क्षेत्र छन्। पहिलो, प्रविधि र नवप्रवर्तनमा केन्द्रित छ, जसमा क्रस–डिभाइस इकोसिस्टम एकीकरण, एआई एजेन्ट विकास, र उच्च–सटीक ब्लुटुथ कार की प्रणाली समावेश छन्। दोस्रो, होनरको प्रविधि र बाईडिको सवारीसाधन प्लेटफर्मबीच अधिकतम अनुकूलता ल्याउन साझा च्यानल इकोसिस्टम निर्माणमा ध्यान दिइएको छ।
तेस्रो पक्षले सहकार्यात्मक मार्केटिङ, उत्पादन लॉन्च, र प्रयोगकर्ता संलग्नतामार्फत दुवै कम्पनीको संयुक्त प्रयासको उपलब्धिहरूलाई प्रस्तुत गर्नेछ। सम्झौता समारोहमा होनरका सिइओ जेम्स ली र बाईडीका अध्यक्ष वाङ चुआन्फु उपस्थित थिए। दुबै कम्पनीले यो सहकार्यलाई दीर्घकालीन प्रतिबद्धता रूपमा वर्णन गरेका छन्।
यसअघि पनि दुबै कम्पनीबीच सहकार्य भएको थियो। सन् २०२३ मा उनीहरूले बाईडी मालिकहरूका लागि स्मार्टफोन–आधारित एनएफसी कार की प्रस्तुत गरेका थिए र २०२४ मा होनर उपकरणका लागि इन–भेहिकल फास्ट चार्जिङ सुविधा ल्याएका थिए। हालै बाईडीको डेनजा ब्रान्डले होनर कार कनेक्ट प्लेटफर्म अपनाएको छ, जसले फोन र सवारीबीच निरन्तर जडानको अनुभव प्रदान गर्छ।