प्रत्यक्ष निर्वाचित कार्यकारी र समानुपातिक निर्वाचन आवश्यक: यादव

Author

सजिलो पत्रिका

२०८२ असोज २०, सोमबार २१:१२

21
Share
Featured
    • जसपा अध्यक्ष उपेन्द्र यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पुनःसंरचना गरी प्रत्यक्ष कार्यकारी र पूर्ण समानुपातिक प्रणाली आवश्यक भएको बताए।
    • उनले वर्तमान प्रणालीले भ्रष्टाचार बढाएको र जनताको विश्वास जित्न नसकेको आरोप लगाए।
    • यादवले जनसंख्याको आधारमा प्रतिनिधित्व र जेनजीका आवाज सम्बोधन गर्न संविधान पुनर्लेखनको माग गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ ।

जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको समृद्धि, जनआकांक्षा सम्बोधन र राजनीतिक स्थायित्वका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पुनःसंरचना आवश्यक रहेको बताएका छन्।

लहानमा सवमबार जसपा जिल्ला समितिद्वारा आयोजित पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपरिहार्य भएको बताए। वर्तमान प्रणालीले भ्रष्टाचारलाई मलजल गरेकाले यसको पुनःसंरचना गर्नुपर्ने उनले बताएका छन्।

कार्यक्रममा उनले भने- ‘हाल चुनाव जित्न करोडौँ खर्च गर्नुपर्ने बाध्यता छ । यस्तो प्रणालीमा निर्वाचित हुने प्रतिनिधिहरू जनताको सेवा होइन, भ्रष्टाचार गरेर लगानी असुल गर्न थाल्छन् । त्यसैले भ्रष्टाचारको मूल नास गर्न निर्वाचन प्रणाली परिवर्तन गरेर पूर्ण समानुपातिक बनाउनु आवश्यक छ ।’

पछिल्लो १० वर्षमा ११ पटक सरकार परिवर्तन हुनु संसदीय व्यवस्थाको अस्थिरता र असफलताको प्रमाण भएको बताउँदै उनले यस्तो व्यवस्थाले नीति निर्माणमा स्थायित्व दिन नसक्नुका साथै जनताको विश्वास पनि जित्न नसक्ने बताए।

उनले संसद्ले कानुन मात्रै बनाउने र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिलाई कार्यकारी प्रमुख बनाउने  प्रणालीले मात्र स्थायित्व र जवाफदेहिता आउन सक्ने पनि बताएका थिए। उनले जनसङ्ख्याको आधारमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व हुनुपर्ने माग गर्दै वर्तमान प्रतिनिधित्व प्रणालीले विशेष वर्ग र शक्तिशाली दलहरूलाई मात्र लाभ पुर्‍याएको आरोप पनि लगाए। त्यस्तै, जेनजीका आवाज सम्बोधन गर्न संविधान पुनर्लेखन गर्नुपर्ने पनि उनले बताए।

यो समाचारमा

जनता समाजवादी पार्टीकाठमाडौँउपेन्द्र यादव

ट्यागहरू

#निर्वाचन#उपेन्द्र यादव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सम्पत्ति छानबिन आयोगलाई केपी ओलीको चुनौती- 'बयान पनि दिन्नँ, विवरण पनि बुझाउँदिनँ'

    काठमाडौँ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले सरकारद्वारा गठित 'सम्पत्ति जाँचबुझ तथा छानबिन आयोग' लाई बयान नदिने र सम्पत्ति विवरण पनि नबुझाउने घोषणा गरेका छन्। पार्टीको एक कार्यक्रममा बोल्दै ओलीले आयोगलाई मान्यता नदिने चेतावनी दिँदै भने, "अरू कसैले बयान दिए पनि मचाहिँ दिन्नँ, विवरण पनि भरेर पठाउँदिनँ।

    sajilo patrika

    जेन्जीसँग हात मिलाउँदै डा. राणा, मलमासपछि नयाँ राष्ट्रवादी दल घोषणा गर्ने तयारी ।

    सीमा बिवाद समाधानमा कूटनीतिक प्रयास अपरिहार्य

    रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बीच भेटवार्ता

    प्रधानमन्त्री शाहको हाजिरी खोज्दै हर्क साम्पाङ

    Ad

    भर्खरै

    News Image

    सम्पत्ति छानबिन आयोगलाई केपी ओलीको चुनौती- 'बयान पनि दिन्नँ, विवरण पनि बुझाउँदिनँ'

    News Image

    जातीय भेदभाव अन्त्यका लागि कानून संशोधन गर्ने मन्त्री वादीको प्रतिबद्धता

    News Image

    भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा

    News Image

    तोलामा २०० रूपैयाँले घट्यो सुन

    Ad
    Ad

    ट्रेन्डिङ

    Ad

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू