पहिरोको जोखिमपछि रोकिएका अत्यावश्यक साना सवारीसाधनलाई गन्तव्यतर्फ जान अनुमति

Author

सजिलो पत्रिका

२०८२ असोज १९, आइतबार

14
Share
Featured
  • अविरल वर्षापछि पहिरोको जोखिम रहँदा रोकिएका अत्यावश्यक साना सवारीसाधनहरूलाई नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवन खण्डतर्फ गन्तव्यतर्फ लाग्न अनुमति दिइएको छ।
  • सडकमा ठाउँठाउँमा पहिरो र ढुङ्गा खसेका कारण लामो दूरीका सवारीसाधनहरू अझै रोकिएका छन्। धादिङ, तनहुँ लगायतका जिल्लामा पनि सडक अवरुद्ध भएको छ।
  • ट्राफिक व्यवस्थापन अन्तर्गत सवारीसाधनहरूलाई इच्छाकामना, भरतपुर, पोखरा, चौबिसकोठी लगायतका ‘होल्डिङ सेन्टर’मा रोकिएको छ र अवस्था अनुसार मात्र पार गराइने व्यवस्था गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अविरल वर्षापछि पहिरोको जोखिमका कारण रोकिएका अत्यावश्यक साना सवारीसाधनहरूलाई गन्तव्यतर्फ लाग्न अनुमति दिइएको छ। शनिबार साँझ ६ बजेदेखि नारायणगढ-मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवनतर्फको सडकमा सवारी आवागमन बन्द गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार, नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवन खण्डतर्फको सडकमा ठाउँठाउँमा पहिरोसँगै ढुङ्गा झरेका थिए। ती ढुङ्गा र साना पहिरोहरू पन्छाएर अत्यावश्यक हलुका सवारीसाधनहरूलाई गन्तव्यतर्फ पठाइएको हो।

शुक्रबार साँझदेखि परेको वर्षातले सडकमा पहिरोको जोखिम रहेकाले लामो दूरीका सवारीसाधनहरू भने अझै रोकिएका छन्। खनालका अनुसार, काठमाडौँ जाने सवारीसाधनहरूलाई ट्राफिक व्यवस्थापन एवं आपत्कालीन अवस्थामा सवारी रोक्ने योजनाअनुसार इच्छाकामना गाउँपालिकाको फिस्लिङ, कुरिनटार र मुग्लिन, भरतपुर महानगरपालिकाको जुगेडी, रामनगर, आँपटारी, पोखरा बसपार्क, बाइपास रोड, केन्द्रीय बस ट्रमिनल, गोन्द्राङ एवं पूर्वी चितवनको शान्ति चोक टाँडी, चौबिसकोठी खैरहनी, डडुवा बजार भण्डारा, लोथर बजार लोथरमा रोकिएको छ।

धादिङ, तनहुँलगायतका जिल्लाहरूमा समेत पहिरो एवं ढुङ्गा खसेर सडक अवरोध भएको उनले जानकारी दिए। सडकको अवरोध नहट्दासम्म र मौसमको प्रतिकूलताअनुसार जिल्लाका विभिन्न स्थानमा रहेका ‘होल्डिङ सेन्टर’मा रहेका सवारीसाधनहरूलाई यथास्थानमा रहनसमेत प्रहरीले आग्रह गरेको छ। अवस्था हेरेर ती साधनहरूलाई पार गराइने खनालले जानकारी दिए।

यो समाचारमा

काठमाडौँभरतपुर महानगरपालिकाधादिङइच्छाकामना गाउँपालिका
तनहुँ5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कालापानी र सुस्तामा मात्रै नक्सांकन बाँकी छ- परराष्ट्रमन्त्री खनाल

    काठमाडौँ।परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच कालापानी क्षेत्र र सुस्तामा मात्रै नक्सांकन गर्न बाँकी रहेको बताएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री खनालले सुस्ता, लिम्पियाधुरा, कालापानी र लिपुलेक बाहेकका अधिकांश क्षेत्रमा सीमा सम्बन्धी काम भइसकेको जानकारी दिए।प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को हालैको अभिव्यक्ति र भारत भ्रमणबारे प्रष्टीकरण दिँदै मन्त्री खनालले

    Data is loading...

    Loading brands...

    Loading footer...