भिजिट भिसा प्रकरणबारे गृहमन्त्रीको जवाफ: मेरै प्रस्तावमा बनेको हो छानबिन समिति

Author

सजिलो पत्रिका

२०८२ असार १०, मङ्गलबार

52
Share
Featured
  • भिजिट भिसा प्रकरणबारे गृहमन्त्री रमेश लेखकको प्रस्तावमा उच्चस्तरीय छानबिन समिति गठन।
  • दीर्घकालीन समाधानका लागि अध्यागमनसम्बन्धी समस्याहरूको पहिचान र सुझाव प्रतिवेदन तयार पारिने।
  • समितिलाई ९ बुँदे कार्यादेश दिइएको, सबैको भाव
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठन गरिएको सदनलाई जानकारी दिएका छन् । 

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफ्नै प्रस्तावमा छानबिन समिति सरकारले गठन गरेको भन्दै समितिले भिजिट भिसाको समस्या पहिचानगरी  दीर्घकालीन रूपमा निराकरण गर्नेगरी बताए । 

उनले भने, ‘मैले नै प्रस्ताव गरेर निर्णय गरेको छ । सरकारले छानविन समिति गठन गरेको छ । सरकारले समस्या छ, सबैलाई थाहा छ । व्यक्तिगत विषयको कुरा होइन । यो समस्यालाई सबै मिलेर समस्याको पहिचानगरी दीर्घकालीन रूपमा निराकरण गर्नेगरीसमिति गठन गरिएको छ । त्यसका लागि उठेका सबै विषयलाई समेटेर कार्यादेश दिएर उच्चस्तरिय समिति र समिति बनेको छ । समितिले अध्यागमनमा देखिएका सबै समस्या समाधान हुनसक्नेगरी सुझाव प्रतिवेदन पेस गर्ने छ । सदनमा उठेका सबैको भावनालाई समेटेर बनाइएको छ ।’ 

उनको अनुसार समितिको नौं वटा कार्यादेश तयार गरिएको छ । हिजो सोमबार सरकारले पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति बनाउने निर्णय गरेको थियो। 

यो समाचारमा

प्रतिनिधि सभाकाठमाडौँरमेश लेखक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रधानमन्त्री शाहको हाजिरी खोज्दै हर्क साम्पाङ

    काठमाडौँ।श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को उपस्थिति (हाजिरी) बारे प्रश्न उठाएका छन्। प्रतिनिधिसभा नियमावलीको नियम ४ लाई उद्धृत गर्दै साम्पाङले प्रधानमन्त्रीले बैठकमा हाजिरी जनाए/नजनाएको स्पष्ट पार्न माग गरेका हुन्।साम्पाङले भने, "प्रधानमन्त्रीज्यूले यहाँ आउँदा हाजिर गर्नुभएको छ कि छैन? यदि उहाँले हाजिर

    Data is loading...

    Loading brands...

    Loading footer...