
काठमाडौँ।आज ७६ औं राष्ट्रिय प्रजातन्त्र दिवस नेपाल सरकारले टुँडिखेलको सैनिक मञ्चमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ।विसं. २००७ सालमा भएको क्रान्ति पछि १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस...