
काठमाडौँउज्यालो नेपाल पार्टी प्रवास कमिटी युनाइटेड किंगडमले नेपालका सम्पूर्ण मतदातालाई आगामी निर्वाचनमा उज्यालो नेपाल पार्टीलाई मतदान गरी ‘समृद्ध र परिणाममुखी नेपाल निर्माण’ अभियानमा सहभागी हुन अपिल गरेको छ।यूकेमा बसोबास गर्ने नेपाली समुदायको तर्फबाट जारी गरिएको अपिलमा देशको वर्तमान राजनीतिक अवस्था, सुशासनको आवश्यकता र सक्षम नेतृत्वको खाँचोबारे स्पष्ट धारणा सार्वजनिक गरिएको...