
काठमाडौँ। राष्ट्रियसभा सदस्यहरूले नेपाल–भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन् । सदस्यहरूले राष्ट्रियसभाको आजको बैठकमा नेपाल–भारत सम्बन्धी समस्या समाधान गर्न ऐतिहासिक तथ्य र प्रमाणका आधारमा संवाद गर्न सरकारलाई सुझाव दिएका हुन् । सांसद सुनिलबहादुर थापाले नेपाल–भारत सीमासम्बन्धी विषय दुई देशबीचको संवाद र स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान खोजिनुपर्ने बताए ।...