
काठमाडौँ। सरकारले पूर्वमुख्यसचिव लीलादेवी गड्तौलालाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा नियुक्त गरेको छ ।बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई अध्यक्षमा नियुक्त गरेको हो । गोपालनाथ योगी, अग्निप्रसाद थपलिया, सृजना पोखरेल, विनिता नेपाली सदस्य छन् ।