
काठमाडौँ।कैलालीको निर्वाचन क्षेत्र नम्बर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार कोमल ज्ञवाली निर्वाचित भएकी छन् । ज्ञवालीले १७ हजार ८२६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । सो क्षेत्रमा कांग्रेसका उम्मेदवार जनकराज चौधरीले १२ हजार ८६७ मत ल्याएका छन् । नेपाली कम्युनिस्ट पार्टीका रामलाल डगौरा थारु ८ हजार ३९२ मत...